म्याग्दीमा एक्सन एशिया म्याराथुन दौड

म्याग्दीमा आगामी शनिबार, आईतबार र सोमबार एक्सन एसिया अन्तराष्ट्रिय म्याराथुन दौड प्रतियोगिता सञ्चालन हुने भएको छ । विश्वका ३० देशका ८० जना धावकहरु सहभागि हुने दौड काठमाडौको हिमालयन टे«ल्सले आयोजना गर्न लागेको हो । खेलको माध्यमबाट नयाँ गन्तब्यको पहिचान गरि ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दौड आयोजना गरिएको हिमालयन टे«ल्सका प्रबन्ध निर्देशक हरि खरेलले जानकारी दिए । प्रबन्ध निर्देशक खरेलका…

Comments Off on म्याग्दीमा एक्सन एशिया म्याराथुन दौड

चहलपहल कप जीएनएफसी जर्मनीले जित्यो

बेल्जियममा ‘दोश्रो चहलपहल कप’ फूटबल प्रतियोगिता सम्पन्न भएको छ| आईतवार बेल्जियमको लुभेनमा युरोपका नेपाली १५ टिम बीच भएको खेलमा जीएनएफसी जर्मनी प्रथम भयो| प्रतियोगितामा चहलपहल एफसी दोश्रो र नेदरल्याण्ड टिम तेश्रो भएका थिए|प्रथम,द्वितीय र तृतीय टिमलाई ८००,५०० र ३०० सय युरो नगद र ट्रफी प्रदान गरीएको थियो| प्रतियोगितामा बेल्जियम लगायत लक्जेम्बर्ग,नेदरल्याण्ड र जर्मनीका एनबि जुनिएर, एनएफसी यूनियन, एफसी एभरेष्ट ह्वाईट,…

Comments Off on चहलपहल कप जीएनएफसी जर्मनीले जित्यो

गणेश थापाद्वारा दुई महिना काम नगर्ने घोषणा

अखिल नेपाल फुटवल संघ एन्फाका विवादास्पद अध्यक्ष गणेश थापाले २ महिनाका लागि एन्फाको अध्यक्षको पद छोडेको घोषणा गरेका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै थापाले नेपाली फुटबललाई दुर्घटनाबाट जोगाउन आफूले गम्भीर निर्णय गरेको भन्दै २ महिनासम्म अध्यक्षका रुपमा काम नगर्ने बताएका हुन् । थापाले कोषाध्यक्ष विराटकृष्ण श्रेष्ठले गरिरहेको काम अब सहकोषाध्यक्ष रबिन्द्र जोशीले गर्ने बताए । व्यवस्थापिका संसदको सार्वजनिक लेखा…

Comments Off on गणेश थापाद्वारा दुई महिना काम नगर्ने घोषणा

विमला तामाङले नेपाललाई दिलाइन् पहिलो पदक

दक्षिण कोरियामा भइरहेको १७ औँ एसियाली खेलकुदमा कराते खेलाडी विमला तामाङले नेपाललाई पहिलो पदक जिताएकी छिन्। महिला तर्फ कराते अन्तर्गतको  कातामा १९ वर्षीया तामाङले कास्य पदक जितेकी हुन्। उनले विहिबार उत्तर कोरियाकी काङ जियुइलाई ५:० ले हराउँदै कास्य पदक हात पारेकी हुन्। आजै भएको क्वार्टर फाइनलमा पाकिस्तानी कुलसूमलाई ४:१ले हराएकी तामाङले सेमिफाइनलमा भियतनामकी गुएन होआङ गान संग भने हार बेहोर्नु…

Comments Off on विमला तामाङले नेपाललाई दिलाइन् पहिलो पदक

मेस्सीले पुर्याए चार सय गोल

ब्राजिलमा सम्पन्न वर्ल्ड कप लगायत चार पटकसम्म फीफाका सर्वश्रेष्ठ खिलाडी भएका लियोनेल मेस्सीले आफूले चार सय गोल गर्न सक्ने कुरा कहिले पनि नसोचेको बताएका छन् । ग्रेनाडामा बार्सीलोनाको छ शुन्यको जितसँगै मेस्सी यस्तो प्रतिकृया दिएका हुन्  । उनले यस खेलमा दुई गोल गरे भने ब्राजीलका स्टार खेलाडि  नेइमारले ह्याट्रिक पुरा गरे । मेस्सीले अहिले सम्म खेलेका कुल ५२५ खेलमा बार्सीलोनाको लागि…

Comments Off on मेस्सीले पुर्याए चार सय गोल

एसियाली खेलकुद: समयमै नपुग्दा केही खेलबाट नेपाल बञ्चित

दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुदमा खेल्ने केही नेपाली खेलाडीहरु समय मै खेलस्थलमा पुग्न नसक्दा उनीहरु खेल्नबाट बञ्चित भएका छन्। उक्त प्रतियोगितामा शनिबार खेल्नुपर्ने तीन खेलका खेलाडीहरुमा टेबल टेनिस र एथलेटिक्सका केही खेलाडीहरु इन्चोन खेलस्थल पुग्न सकेनन्। विमानस्थलबाट सिधै मैदानमा उत्रिएका खेलाडीहरुले पनि क्रिकेट बाहेक अन्य प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्न सकेनन्। दुई दिन काठमाडौं विमानस्थलमै गरेको प्रतिक्षा र…

Comments Off on एसियाली खेलकुद: समयमै नपुग्दा केही खेलबाट नेपाल बञ्चित

विमल घर्ती मगर एसिया कै स्टार नवप्रतिभा : फिफा

नेपाली फुटबलका युवा खेलाडी विमल घर्ती मगरलाई फिफाको आधिकारिक वेबसाइटले एसिया कै उदाउँदो स्टार खेलाडीका रूपमा फिचर गरेको छ । जुनियरहरूको खेलमा पाकिस्तानविरूद्घ गोल गरेपछि चर्चामा आएका विमल त्यसपछिका सबै खेलमा स्टार खेलाडीका रूपमा छाएको चर्चा फिफाले गरेको छ । फिचरमा विमलले नेपाली टीमको टीम-वर्कका रूपमा मात्र नभइ व्यक्तिगत रूपमा पनि युरोपमा सफलता हासिल गरेको परिचर्चा गरिएको छ । बेल्जियमको…

Comments Off on विमल घर्ती मगर एसिया कै स्टार नवप्रतिभा : फिफा

बेल्जियममा फुटबल प्रतियोगिताको आयोजना

युरोपमा रहेका नेपाली युवाहरुमा फूटबल प्रतिको रुची बढ्दै गएको बेला चहलपहल युवा समुह बेल्जियमले बेल्जियममा युरोप स्तरीय ‘दोश्रो चहलपहल कप’ फुटबल प्रतियोगिताको आयोजना गरेको छ| प्रतियोगिता यहि अक्टोवर २६ मा लुभेन हेभर्लीस्थित सपोर्टकोर्टमा सम्पन्न हुदैछ| प्रतियोगितामा युरोपेली मुलुकमा रहेका नेपाली युवा फुटबल टोलिहरुले भाग लिदैछन| चहलपहल कपका प्रथम,द्वितीय र तृतीय टोलीलाई क्रमशः ८००,५०० र ३०० युरो सहित ट्रफी प्रदान गरीने…

Comments Off on बेल्जियममा फुटबल प्रतियोगिताको आयोजना

यू-१६ लिगमा नेपालको चौ‌थो जित, अन्तिममा मलेसियासँग भिड्दै

मलेशियामा जारी एसीसी यू-१६ प्रिमियर लिगमा नेपालले बहराइनलाई १ सय ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै चौ‌थो जित हात पारेको छ |नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र ओमानलाई पराजित गरेको थियो| सोमबार सिलेङगर क्लब मैदानमा भएको खेलमा टस जितेको नेपालले निर्धारित ४० ओभरको खेलमा ८ विकेट गुमाई २ सय ३३ रन जोड्दै बहरानलाई २३४ रनको लक्ष्य दिएको थियो|जवाफमा बहराइन २४.४…

Comments Off on यू-१६ लिगमा नेपालको चौ‌थो जित, अन्तिममा मलेसियासँग भिड्दै

एन्डरलेकको लागी बिमलको दोश्रो गोल

नेदरल्याण्डसमा आईतवार भएको अन्तराष्ट्रिय यू-१९ कोपा कोपा डेल अगाथा कपको सेमिफाईनलमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तिमगरले बेल्जियन रोयल स्पोर्टिङ क्लब एन्डरलेकको तर्फबाट १ गोल गरेका छन्| जापानको सिरिओ ओस्का सग भएको सेमिफाईनल खेलमा उनले गोल गर्दै फाईनलको यात्रा तय गरेका हुन् |उनको यो एन्डरलेककोलागी दोश्रो गोल हो| उनले यस अघि डेनमार्कको एफसी कोपेनहेगनलाई २–० ले हराउँदा १ गोल गरेका…

Comments Off on एन्डरलेकको लागी बिमलको दोश्रो गोल

नेपाली युवा फुटबल टोली बेल्जियममा

एएफसी यु–१६ च्यापियनसीपको विशेष प्रशिक्षण तथा मैत्रीपूर्ण फुटबल खेल खेल्न सोह्र वर्षमुनि (यु–१६) का राष्ट्रिय फुटबल टोली बेल्जियम आएको छ| आगामी भदौ २१ गतेदेखि थाइल्याण्डको राजधानी बैंककमा हुने एएफसी यु–१६ च्याम्पियनसीप तयारीका लागि नेपाली टोली पहिलोपटक युरोप भ्रमणको प्रशिक्षणमा आएको हो | एकहप्ते बेल्जियम भ्रमणमा नेपालले रोयल स्पोर्टिङ क्लब एन्डरलेकसँग एक मैत्री खेल खेल्नेछ | विहिवार बेल्जियम आएको टोलीमा सुजित…

Comments Off on नेपाली युवा फुटबल टोली बेल्जियममा

जर्मनीले युरो यु-१९ पनि जित्यो

युरोपियन राष्ट्रहरूको युरो यु-१९ प्रतियोगिताको उपाधि जर्मनीले उचालेको छ । करिब दुई हप्ता अगाडि सिनियर टोलीले विश्वकपको उपाधि जितेपछि त्यसैको अनुशरण गर्दै जर्मनीको यु-१९ को टोलीले पनि पोर्चुगललाई पराजित गर्दै उपाधीमाथि कब्जा जमाएको हो । पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै जर्मनीको युवा टोलीले उपाधि जितेको हो । टोलीलाई जित दिलाउनका लागि ह्यानी मुक्तरले खेलको ३९ औ मिनेटमा गोल गरेका थिए…

Comments Off on जर्मनीले युरो यु-१९ पनि जित्यो

जर्मनी दुई दशकपछि फुटबलको शीर्षमा

यस सिजनको फिफा विश्वकप विजेता बनेपछि बिहीबार प्रकाशित भएको फिफा विश्व वरियतामा जर्मनीले पहिलो स्थान हासिल गरेको छ। जर्मनीले १ स्थान प्रगति गर्दै पहिलो स्थान हासिल गरेको हो। साथै विश्व विजेताले दुई दशकपछि पहिलोपटक विश्व वरियताको सूचीमा पहिलो स्थान रोज्न पाएको छ। ब्राजिलमा सम्पन्न विश्वकपको समूह चरणबाट बाहिरिएको स्पेन आठौं स्थानमा झरेको छ। यसअघि पहिलो स्थानमा रहेको २०१० विश्वकप विजेता…

Comments Off on जर्मनी दुई दशकपछि फुटबलको शीर्षमा

जर्मनी विश्वविजेता

ब्राजिलमा भएको २० औँ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ। रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको निक्कै रोमाञ्चक खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्यो । सब्स्टिच्युट मारियो गोत्जेले अतिरिक्त समयमा एक सय १३ औं मिनेटमा गोल गरेपछि जर्मनीले अर्जेन्टिनालाई १-० ले फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको हो । अर्का सब्स्टिच्युट आन्द्रे सर्लेको क्रसमा छातीले नियन्त्रण…

Comments Off on जर्मनी विश्वविजेता

जर्मनी र अर्जेन्टीना फाइनलमा

ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको अन्तिम सेमीफाइनलमा नेदरल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। यसअघि साओ पाओलोमा बिहीबार बिहान पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४-२ ले हराउँदै २४ वर्षपछि अर्जेन्टिना विश्वकपको फाइनल प्रवेश गरेको हो। अर्जेन्टिना दुईपटकको विजेता हो। सन् १९७८ मा नेदरल्यान्ड्सलाई फाइनलमा हराएर अर्जेन्टिना पहिलोपटक विश्वविजेता बनेको थियो। नेदरल्यान्ड्स भने ३ पटकसम्म फाइनलसम्म पुगे पनि विजेता बन्न सकेको छैन ।…

Comments Off on जर्मनी र अर्जेन्टीना फाइनलमा