नेपाली युवा फुटबल टोली बेल्जियममा

एएफसी यु–१६ च्यापियनसीपको विशेष प्रशिक्षण तथा मैत्रीपूर्ण फुटबल खेल खेल्न सोह्र वर्षमुनि (यु–१६) का राष्ट्रिय फुटबल टोली बेल्जियम आएको छ| आगामी भदौ २१ गतेदेखि थाइल्याण्डको राजधानी बैंककमा हुने एएफसी यु–१६ च्याम्पियनसीप तयारीका लागि नेपाली टोली पहिलोपटक युरोप भ्रमणको प्रशिक्षणमा आएको हो | एकहप्ते बेल्जियम भ्रमणमा नेपालले रोयल स्पोर्टिङ क्लब एन्डरलेकसँग एक मैत्री खेल खेल्नेछ |youth football team

विहिवार बेल्जियम आएको टोलीमा सुजित गुरुङ, रोमन रसाइली, सृजन श्रेष्ठ, आकाश थापा, गौरव बुढाथोकी, किरण सुनार, अमित तामाङ, सुदन थापा, अञ्जन विष्ट, हेमन्त थापामगर, शिव सुवेदी, अनिल राई, संजोग राई, अनन्त तामाङ, रुपेश तामाङ, विकास थापा, सुनिल वल र दिनेश राजवंशी छन्|प्रशिक्षक बालगोपाल महर्जन र व्यवस्थापकमा दिनेश व्यञ्जनकार छन् |नेपाली टोलीका कप्तान विमल घर्तीमगर भने केहि समय पहिलेदेखि नै बेल्जियम  मै थिए| उनी एन्डरलेकसँग एक वर्षलाई निशुल्क प्रशिक्षणका लागि अनुबन्धित छन्|

नेपाली टोलीले गतवर्ष असोज महिनामा काठमाडौँमा भएको एएफसी यु–१६ च्याम्पियनसीप छनोट चरणको खेल पार गरेको थियो |त्यसबेला नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी खेलेको थियो | च्याम्पियनसिपका लागि छनोट हुने नेपाल दक्षिण एसियाको एक्लो टोली हो|छनोट चरणमा नेपालले तुर्कमेनिस्तान र बहराइनलाई पराजित गरेको थियो भने इराकसँग बराबरी खेल्दै प्रतियोगितामा सात अङ्क जोडेको थियो|

उक्त प्रतियोगिताको सेमिफाइनलमा टिमले एसियाको प्रतिनिधित्व गर्दै अर्को वर्ष यु–१७ विश्वकप खेल्न पाउनेछन् | टोली केही समयअघि दक्षिण कोरियाबाट विशेष प्रशिक्षण तथा अभ्यास खेल खेलेर नेपाल फर्किएको थियो | एकहप्ते बेल्जियम यात्रापछि टोली थाइल्यान्ड जानेछ।नेपालले समूह ‘सी’ अन्तर्गत पहिलो खेल उज्वेकिस्तानसँग भदौ २२ मा खेल्नेछ| भदौ २४ मा कुवेत र भदौ २६ मा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ|

  • Post category:खेल