एन्डरलेकको लागी बिमलको दोश्रो गोल

नेदरल्याण्डसमा आईतवार भएको अन्तराष्ट्रिय यू-१९ कोपा कोपा डेल अगाथा कपको सेमिफाईनलमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तिमगरले बेल्जियन रोयल स्पोर्टिङ क्लब एन्डरलेकको तर्फबाट १ गोल गरेका छन्| जापानको सिरिओ ओस्का सग भएको सेमिफाईनल खेलमा उनले गोल गर्दै फाईनलको यात्रा तय गरेका हुन् |उनको यो एन्डरलेककोलागी दोश्रो गोल हो|Bimal-gharti-magar

उनले यस अघि डेनमार्कको एफसी कोपेनहेगनलाई २–० ले हराउँदा १ गोल गरेका थिए|उनि सगै अल्हासानी बाहले पनि १ गोल गरेका थिए|अर्को खेलमा एन्डरलेकले नेदरल्यान्डको फियनोर्ड रोटरडामलाई पनि २–० ले हरायो| त्यसमा बिमलले घरेलु टोली रोटरडाम विरुद्ध गोल गदै एन्डरलेकको अग्रतालाई दोब्बर पारे| बिमल सगै एन्डरलेकको तर्फबाट वयुट फइज गोल गरेका थिए|

नेदरल्यान्डमा जारी प्रतियोगितामा बेल्जियम,नेदरल्याण्ड,डेनमार्क,जापान र ब्राजिलको क्लबले प्रतिस्पर्धा गरिरहेका छन्|बिमल युरोपियन क्लबबाट खेल्ने पहिलो नेपाली फुटबलर हुन्। बिमललाई बेल्जियमको एन्डरलेक क्लबको एकेडेमीमा एक वर्ष निशुल्क प्रशिक्षण गराउने सम्झौता गरेको छ|