विमल घर्ती मगर एसिया कै स्टार नवप्रतिभा : फिफा

नेपाली फुटबलका युवा खेलाडी विमल घर्ती मगरलाई फिफाको आधिकारिक वेबसाइटले एसिया कै उदाउँदो स्टार खेलाडीका रूपमा फिचर गरेको छ ।

जुनियरहरूको खेलमा पाकिस्तानविरूद्घ गोल गरेपछि चर्चामा आएका विमल त्यसपछिका सबै खेलमा स्टार खेलाडीका रूपमा छाएको चर्चा फिफाले गरेको छ ।

Bimal Ghartiफिचरमा विमलले नेपाली टीमको टीम-वर्कका रूपमा मात्र नभइ व्यक्तिगत रूपमा पनि युरोपमा सफलता हासिल गरेको परिचर्चा गरिएको छ । बेल्जियमको विजेता क्लब आन्दरलेखमा आबद्ध हुनुअघि विमलमाथि युरोपका हेबिवेट क्लबहरू म्यानचेस्टर युनाइटेड र लिर्सको नजर परेको तथ्य पनि सो फिचरमा खुलाइएको छ ।

विमल आफै के भन्छन् त ?

‘मेरो उद्देश्य युरोपको क्लबबाट प्रोफेसनल खलाडीका रूपमा खेल्ने हो’ ; विमलले फिफासँग भनेका छन्-‘ म राम्रो खेलाडीका रूपमा स्थापित हुन चाहन्छु र मेरा देशका खेलाडीहरूलाई पनि सहयोग गर्न चाहन्छु ।’
पुरा स्टोरी यहाँ हेर्न सकिन्छ-

http://www.fifa.com/world-match-centre/news/newsid/244/297/5/