ह्याप्पी न्यू इयर

(कविता )Dipendra KC
म बन्द गर्न चाहन्छु
खाता २०१४ को
खैर मैले नचाहे पनि
बन्द हुनेछ त्यो
कति मीठो
कति नमीठो ।
र, मैले नचाहे पनि
खुला हुनेछ खाता २०१५ को
के सम्भव छ ?
त्यहाँ लेख्न
म जे चाहन्छु
असम्भव शव्दहरु !
मान्छे !
किन बहकिन्छ कहिले
अनियन्त्रित समयको
अनियन्त्रित लगाम समातेर ।
अनुत्तरित यस्तै प्रश्न बोकेर
कति मजा हुन्छ
उत्सव मनाउनु
नयाँ बर्षको
ऐ एै सपनाहरुको
सिरान हालेर निदाउनु
र, कति निथ्रुक्क
भोलि विहान
उक्लिनु जीवनको भारी बोकेर ।।
यो अभ्यास !
जारी छ
पछिल्लो…….. वर्षदेखि
मेरो प्रिय यार !
तर भनिरहन्छु
परम मित्र
ह्याप्पी न्यू इयर !
-दीपेन्द्र केसी