स्वार्थ कि भावुकता ?

(कविता)

जीवनभरिमा हजार कुखुराको सयौ परिकार मज्जा सग खाईयो होला YAMU
तर आज घरमा पालेको कुखुरी अचानक मरेको देख्दा
मन नमिठो सग दुखिरहेछ
कि मैले वुझ्न सकिन
यो मेरो स्वार्थ हो वा भाबुकता मात्र ?

गर्बिलो ईतिहास छोडेर अनन्त यात्रामा समाधित एक नेत्री
जसको उपेक्षित उत्तरार्ध मैले कहिल्यै महसुस गरिन

तर
श्रद्दान्जलीको शब्द तातीमा आफु अब्बल हुन सफल म
कि मैले वुझ्न सकिन
यो मेरो स्वार्थ हो वा भाबुकता मात्र ?

न्यायको भिख माग्दा माग्दै समाधी लिएर

नेपाल आमाकै शिर झुकाएका एक अमर शहिद
जसका हत्याराहरुको भजन गाउँने मन्डलीको नाइके म

तर मलामी (फेसबूके) प्रतियोगीको सर्वश्री म
कि मैले वुझ्न सकिन
यो मेरो स्वार्थ हो वा भाबुकता मात्र ?

नेपाल आमा प्रसब पिडामा रोइरहेको बेला
आमाको मुक्तीको लागि हजार भाईहरुले शहादत पाएको बेला
म सपनाको महल सजाउने ठाउँ युरोपबाट
भनिरहेको हुनेछु ,की
नेपाल आमा तिमी प्रती भावपूर्ण श्रद्दासुमन
त्यती बेला कसैले पनि नसोध्नु होलाकी
यो तेरो स्वार्थ हो वा भाबुकता मात्र ???

यामु निरौला, गेन्ट बेल्जियम