विदेशी मूलका जिहादीलाई खोजी खोजी मार्ने अपरेसन चल्दै

अमेरिकाको विशेष सुरक्षा दस्ताको नेतृत्वमा विदेशी मूलका जिहादीहरूलाई खोजी खोजी मार्ने अपरेसन चलेको समाचार बेल्जियन प्रेसमा चर्चाको विषय बनेको छ ।

बेलायत, फ्रान्स लगायत बेल्जियम पनि सहभागी रहेको सो अपरेसनमा २१ देश संलग्न छन् । तर बेल्जियन सहभागीता सुटरहरूको दस्ता नभई जासुसी सहयोग मात्र रहेको यहाँका रक्षा अधिकारीहरूले स्थानीय भिआरटी न्यूजलाई बताएको समाचारमा उल्लेख गरिएको छ । गालन्ट फोनिक्स नामको सो अपरेसन सन् २०१५ मा शुरू भएको र विदेशी मूलका जिहादीहरूलाई पहिचान गरी खतम गर्ने गरिएको बताइन्छ ।

खासगरी इराकी सहर मोसुल आइएसको कब्जाबाट लिइएपछि जिहादीहरू बारे थुप्रै सूचनाहरू प्राप्त भएको छ । जिहादीहरूले प्रयोग गरेका मोबाइल फोन र ल्यापटपहरू खोसिएपछि अनेकन सूचनाहरू चुहिएका बताइएको छ ।