मनाए ल्होसार, छमछमी नाचेर

मन थाम्नै सकेनन्, एक हुल मंचमा पुगिहाले | पैसा निकाल्दै छमछमी नाचिरहेकी दिक्षा गुरुङको शिरमा सिउरिदिए | म्युजिक बजिरहेको थियो | तालि बजिरहेको थियो तर दीक्षालाई पत्तै भएन । उनी पनि अविभावकको माया मै हराईन | तमु समाज बेल्जियमले गत सोमवार बेल्जियमको अन्त्वेर्पेनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा यी गायीका गुरुङ पहिरनमा गुरुङ भाषाको गीत ‘माया खैमु…….’ मा नृत्य गर्दै थिइन | जहाँ आफ्नो भाषा र संस्कृतिप्रतिको माया-मोह पोखिएको थियो |
gurung lhoshar 274
२५९८ औँ ल्होसार पर्वलाई स्वागत गर्न रंगीचंगी पतकाहरुले सजाईएको हलभित्र विभिन्न भाषा,संस्कृतिका धनी सबै हामी नेपाली भन्दै संचालिका महिमा गुरुङले सानासाना नानीहरुलाई विभिन्न पोशाकमा मंचमा बोलाई राष्ट्रिय गीतबाट कार्यक्रमको शुरुवात गरिन | दर्शकहरु पनि गंभिर मुद्रामा राष्ट्रिय गीत गुनगुनाउँन थाले | राष्ट्रिय गीतले मौन दर्शक माझ ‘विभिन्न पोशाकमा सजिएका पुतली झैँ लाग्ने ७/८ बर्षका साना नानीहरुले ‘लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरो……….’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर झन् भावुक बनाए | नेपालको पाखा पखेरामा मन पुर्याएका दर्शक माझ सप्तरंगी पोशाकमा सजिएर कलाकारहरुले ‘उडी उडी हिंड्छ मन चिया बारीमा…..’ बोलको गीतमा छमछमी नृत्य प्रस्तुत गरेर मनोरंजन मात्र प्रदान गरेनन्, ताली बजाउँदै स्वरमा स्वर मिलाउने माहौल पनि सिर्जना गरिदिए |
gurung lhoshar 363
तात्दै गरेको माहौल माझ निराशाबादी गीत लिएर मन्चमा देखा परिन्- गायीका लालमती गुरुङ |उनले ‘चिसो चिसो हावा सरर…… रुमाल फरर’ बोलको गीतले दर्शकलाई छुट्टै आनन्द प्रदान गरिन् | भाषा संस्कृति संरक्षणको निम्ति कलाकारहरुका रुप फेरिन सक्छ भन्ने सन्देश दिदै पुरुषको भेषमा देखा परे- शोभा ढुंगाना र शशी भण्डारी । ‘के भन्ने हाम्रो समय ….’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरंजन प्रदान गरे | अत्यन्तै व्यवस्थित तरिकाले आयोजित साँस्कृतिक प्रस्तुतिका माझ सुन्दर पहिरनमा सजिएर टुप्लुक्क आईपुगे- सोफिया गुरुङ र प्रियंका गुरुङ | ’राम्री पनि भा कि छु ….’बोलको गीतमा के नाच्न शुरु गरेका थिए, दर्शक पनि सुसेली र तालीका साथ हुटिंग गर्दै नाच्न थाले र भरपुर मनोरन्जनको आनन्द लिए | गायक नरेश कार्की पनि के कम ? नृत्यमा नाचीरहेका दर्शकलाई ‘जोमसोमे बजारमा …..’ बोलको गीत गएर नचाउनु नचाए | विदेशको ठाउँमा आफ्नै गीत र नृत्य कसलाई पो मन नपर्ला र ? तात्दै गएको माहौलमा नृत्य लिएर आई पुगिन्- केशाङ शेर्पा | ’कति राम्रो ….’ बोलको गीतमा छमछमी नाचेर मनोरंजन दिलाईन् |
बीच-बिचमा गीत र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा आईपुगीन- अनिता | दर्शक नचाउन सारै शिपालु उनी । ‘नकचरे दाईको दुई जिब्रे पारा…’ र ‘यति धेरै मान्छेहरुको बिचमा…..’ बोलको गीत गाउँदै आफु मात्र नाचिनन,सकिनै लागेको कार्यक्रममा दर्शकलाई पनि संगसंगै नचाईन् | कार्यक्रममा दर्शकलाई नेपाली खाना खुवाईएको थियो | खाना खाईरहेका दर्शक माझ मोहनी लाग्ला है भन्दै आईपुगे- गायक कमल गुरुङ | उनले ‘मोहनी लाग्ला है ……’ बोलको गीत गाएर दर्शकलाई झसङ्ग पारिदिए | कार्यक्रममा कमल गुरुङ र लालमती गुरुङको ‘माया पिरती बस्यो शिर माथी…’ बोलको गीतका साथसाथै ‘तिम्रै लागि जोवन साचौँला…’, ’नरिसाउ मितिनी ज्यू….’, ‘यो मायाले रुवायो रुवाउँन..’ लगायत थुप्रै गीत र नृत्य प्रस्तुत गरिएको थियो |
gurung lhoshar 307
झन्डै तिन घण्टा गीत र नृत्यबाट मज्जा लिइरहेका दर्शकहरु बाहिरिन खोज्दै थिए । त्यतिकैमा ‘मै मोरीलाई लिन परदेशी आउँछ की….’ बोलको गीत गाउँदै थिइन- लक्ष्मी |नभन्दै हल बाहिर चालकले हर्न बजाउँदै लिन आएको संकेत गरे | एक अर्का बिचमा खुशी बाँढ्दै दर्शक बाहिरिए |

झन्डै एक दशक देखि ल्होसार पर्व मनाउदै आएको तमु समाज बेल्जियमले यस पटक पनि समाजका अध्यक्ष पदम गुरुङको सभापतित्व र एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको प्रमुख आतिथ्यमा जेष्ठ नागरिक जोगबहादुर गुरुङलाई सम्मान गरेको थियो | नन्दराज घलेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा मिन्द गुरुंगले अतिथिलाई स्वागत गरेका थिए| ’सबै नेपाली भएर कार्यक्रम मनाउन पाएकोमा खुशी भएका छौ’ अध्यक्ष पदम गुरुङले बताए |