एनआरएन बेल्जियमद्वारा परोपकारी कोषको स्थापना

शेष घलेद्वारा दश हजार युरो प्रदान:
एनआरएन बेल्जियमले बेल्जियममा बसोवास गर्ने नेपालीहरुलाई भै परी रुपमा आउने आपतकालीन अवस्थामा तत्काल न्युनतम राहत पुर्याउने उद्वेश्यले परोपकारी कोषको स्थापना गरेको छ | शनिवार अन्त्वेर्पेनमा एनआरएन अध्यक्ष शेष घलेको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच करिब २८ हजार युरोको परोपकारी कोषको घोषणा भएको हो|1497681_641346772595716_2108769335_n

तत्कालका लागी बेल्जियमका नेपालीलाई मात्र राहत उपलब्ध गराउने उद्वेश्यका साथ स्थापित कोषबाट भविष्यमा खाडी क्षेत्रका नेपालीलाई पर्ने समस्यामा समेत सहयोग पुर्याउने लक्ष्य लिईएको छ|एनआरएन बेल्जियमद्वारा कोष संचालन समिती गठन गरी कोष संचालन गरीनेछ|कोषको संचालन भने आगामी फेब्रुअरीबाट शुरु गरीनेछ| दुई हजार युरो सहयोग गर्ने बेल्जियमका नेपाली र एक हजार युरो सहयोग गर्ने बेल्जियमभन्दा बाहिरका सबै नेपाली कोषका संरक्षक रहनेछन|

कोष सहयोगार्थ एनआरएन बेल्जियमले एक च्यारीटी साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्यो|कार्यक्रमको लागी नेपालबाट दोहोरी गायक पशुपती शर्मा, गायिका रिता थापा र हास्य कलाकार मनोज गजुरेल बेल्जियम आएका थिए|एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले, महासचिब कुमार पन्त ,संरक्षक रामप्रताप थापा, युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ लगायत युरोपका बिभिन्न देशका एनआरएन प्रतिनिधिहरु उपस्थित थिए|एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाद्वारा संचालित कार्यक्रममा घलेले आफुले पनि परोपकारी कोषको निर्माण गर्ने सोच राखेको उल्लेख गर्दै आगामी दिनहरुमा ठोस कार्यक्रम लिएर मात्र अगाडी बढ्ने बताए|गत जुलाईमा एनआरएन बेल्जियमको अध्यक्षमा निर्वाचित भए लगत्तै प्रेम गुरुङले आफैले पाँच हजार युरो प्रदान गरेर कोष स्थापनाको घोषणा गरेका थिए|

यसैबीच बेल्जियम निवासी पदम गुरुङ र मिरा डंगोल गुरुङले तनहुको सदरमुकाम दमौलीबाट करिब १२ किमि टाढा रहेको छाङ गाबिस स्थित थर्पु बजारमा निर्माण हुन गैरहेको थर्पु अस्पतालको लागी दश हजार युरो सहयोग स्वरूप प्रदान गरेका छन्|1533867_641347152595678_773055572_n

एकदिने महिला सचेतना कार्यशाला गोष्ठी सम्पन्न

परोपकारी कोष स्थापनार्थ आयोजित कार्यक्रम कै दिन एक दिने महिला कार्यशाला गोष्ठी समेत सम्पन्न भयो|आगामी जुन ७ र ८ मा स्पेनमा हुन गैरहेको पाँचौ युरोपियन महिला सम्मेलनलाई ध्यानमा राख्दै एक दिने गोष्ठीको आयोजना गरीएको थियो|छलफलमा भाग लिने अधिकांश महिलाहरुले आर्थिक र शिक्षाको अभावको कारण महिलाहरु हिंसामा परेको राय ब्याक्त गरे|

महिला हिंसा विरुद्व महिलाहरुद्वारा सचेतना मुलक कार्यक्रमको आयोजना गर्ने,आगामी संबिधानमा महिलाका हक अधिकार सुनिश्चित गर्न दबाब सिर्जना गर्ने,पिछडिएका महिला उत्थानको लागी एक महिला एक युरो अभियान संचालन गर्ने,एनआरएन आईसीसी तथा एनसीसीमा रहेर काम गरी सकेका महिलाको सहभागितामा छुट्टै महिला समिति गठन गर्ने,महिलाका अवसर र चुनैती बिषयक कार्यशाला गोष्ठीलाई निरन्तरता दिने जस्ता मुख्य पाँच बुदामा केन्द्रित रहँदै गोष्टि सम्पन्न भयो|एनआरएन महिला संयोजक सपिला राजभण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा युरोप स्थित विभिन्न देशका महिलाहरु सहभागी थिए|

छलफलबाट पारित उक्त पाँच मुद्दालाई स्पेन सम्मेलनमा पेश गरिने एनआरएन युरोप सह-संयोजिका रजनी प्रधानले जानकारी गराईन|