नयाँ वर्ष मनाउँदा ब्रसेल्समा दर्जनौं गाडी जलाइए

नयाँ वर्ष मनाउने क्रममा बेल्जियमको राजधानी ब्रसेल्समा फोहरमैलाका ब्यागहरू जलाउने र दर्जनौं गाडीहरू तोडफोड भएका र जलाइएका छन् । गत वर्ष झैँ यो वर्षको परिदृश्य पनि उस्तै भएको हो। नयाँ वर्ष मनाउने क्रममा आगो र पटखा प्रयोगसँगै सयभन्दा बढी गार्बेज-बक्सहरू र २० देखि ३० गाडीमा क्षति भएको र फायर ब्रिगेड परिचालन गरिएको प्रहरीले बताएको छ ।

यस्तो क्षति ज्यादाजसो मोलेनबीक र आन्दरलेख कम्युनमा भएका थिए । यी कम्युन आप्रवासीहरूको घेट्टो एरियाका रूपमा चिनिन्छ ।

Photo- BELGA
Photo- BELGA