ब्रसेल्समा बालबालिकालाई नेपाली भाषा शिक्षण

ब्रसेल्समा रहेका नेपाली (मूलका) बालबालिकालार्इ नेपाली भाषा शिक्षण प्रदान गरिने भएको छ ।
 हाम्रा नानीहरु यूरोपमा जन्मिदै हुर्कदै छन्, के उनीहरुले नेपाली भाषा संस्कृति भुल्ने त होइन? के उनीहरुले पनि नेपाली लेखन र पढ्न सक्लान?
यही समस्या र चुनाैतिलाई मध्यनजर राखी समयमै ध्यानदिनुपर्ने भएकोले ब्रस्सेलको मिडि स्टेशन नजिकै एउटा स्कुलमा नेपाली भाषा पढाइने भएको छ । यसका निम्ति निम्नानुसारको सूचना जारी भएको छ –

यहि आउदो मिति २२-०२-२०१५ आइतबारको दिन बेलुका ठिक ६ बजे Rue Georges Moreau, 49

1070 ANDERLECHT, अर्जुन पुलामीको घरमा ब्रुस्सेल्सबासि नानीहरुलाई नेपाली भाषा लेखन, पढ्न र बोल्न सिकाउनको लागि पाठशालासंचालन गर्नको साथ साथै नेपाली निर्त्य कक्षा पनि शुरु गर्ने तयारीको लागि  सरसल्लाहको साथै संचालक समिति र व्यवस्थाक  समिति गठनगर्नुपर्ने भएकोले सम्पूर्ण ब्रस्सेल्बासी अभिभाबकहरुलाई  अनिबार्य उपस्थित हुनुहुन बिनम्र अनुरोध गर्दछौ|
सुझाब तथा सल्लाहको लागि सम्पर्क :
रजनी प्रधान :     ०४८५ ५४ ६० ९८
तेजेन्द्र रोका :      ०४८५ ८० १५ २५
इश्वरा शर्मा :       ०४८८ ४० ३७ ५७
अमन गुरुङ :       ०४८७ २९ ४८ ७७
कमल खड्का:      ०४८८ ६३ १९ ९६
राम चन्द्र शर्मा:    ०४८५ ९८ ६५ ६१
सुमन बिष्ट :         ०४८४ ९० ६२ ३३