अस्पताल मै शंकास्पद मृत्युको केसमा २ नर्स पक्राउ

ziekenhuis oost-limburgअस्पताल मै शंकास्पद रूपमा मृत्यु भएकी एक बृद्धाको केसलाई दिएर २ जना नर्सहरू पक्राउ परेका छन् । मृतक बृद्धाको कार, पैसा र अन्य बहुमूल्य सामान चोरिएको पाएपछि मृतकका परिवारले उजुरी गरेका थिए । त्यसबारेमा छानबिन हुँदा मृतक बृद्धामा विषाक्तता देखिएको छ । सो घटना बेल्जियमको पूर्वी प्रान्त लिम्बर्गको गेन्टको एक अस्पतालमा भएको थियो ।

ती २ नर्सहरूले बृद्धालाइ हेरेका र त्यसमध्ये एकले उनलाइ राम्ररी चिन्ने बताइएको छ । ७० वर्षिय मृतक बृद्धाको यो मुद्दा सार्वजनिक भएपछि ती नर्सहरूले अन्य त्यस्तै घटना गरेका थिए/थिएनन् भनी थप छानविन भइरहेको बताइएको छ ।