बाढी-पहिरो पीडितका निम्ति बेल्जियमवासी महिलाहरुको प्रयास

नेपालमा बाढी-पहिरो पीडितका निम्ति सहयोग जुटाउन बेल्जियमवासी महिलाहरु जुटेका छन। उनीहरुलाई पप सम्राट ओमबिक्रम बिष्टले साथ दिने भएका छन। आउँदो शनिवार ११ मा बेल्जियममा नेपालीहरुको बाक्लो बसाई रहेको एन्त्रोपेन शहरको बर्गरहट १९७ मा साँझ ७ बजेबाट गायक ओमबिक्रम बिष्टले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन भने साथमा बेल्जियम निवासी महिला प्रतिभाहरुले पनि आफ्ना कला र प्रतिभा प्रस्तुत गर्नेछन।

news-Om bikram programयो सांगीतिक प्रस्तुति नेपालमा बाढी-पहिरो पीडितका निम्ति अर्थ संकलानार्थ गरिएको हो । हालसम्म कार्यक्रम सम्पन्न नहुँदै नारायण चित्रकार १५०,राम पुन ५०,लक्ष्मि शर्मा ५०,सरस्वती भट्ट ५०,शिलु श्रेष्ठ १००,गीता गुरुङ (नेपाल हाउस )१००,वर्षा श्रेष्ठ ५०,गीता लामा ५० यूरो गरि जम्मा ६०० युरो (करिव नेपाली ७५००० रुपियाँ) उठीसकेको छ। १५ यूरो प्रवेश शुल्क राखीएको कार्यक्रमको सम्पूर्ण मुनाफा सिधै पिडितहरुको घरदैलोमा पुर्याइने छ। यो कार्यक्रम ‘नेपालीद्वारा दैवी प्रकोपमा परेका नेपालीका निम्ति’ भएकोले सबै बेल्जियमवासी नेपालीहरूको सहभागिताका निम्ति गायक बिष्ट तथा बेल्जियमवासी नेपाली महिलाहरुले आह्वान गरेका छन्।