प्रवासी नेपालीले पनि माग्न थाले ‘हिन्दू राष्ट्र’

नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग वढिरहेको सन्दर्भमा वेल्जियम निवासी केही नेपालीहरुले सहयोग समिति वनाएर अगाडि वढ्ने निर्णय गरेका छन्। आइतवार वेल्जियमको लुभेनमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीहरुले आगामी संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने आवाज उठाउने भएका छन्। नेपालमा भैरहेको विविध कार्यक्रमलाई ऐक्यवद्धता जनाउन विनोद धितालको संयोजकत्वमा अभियान शुरु गर्ने निर्णय गरेका छन्।
Om hindu८१.३% जनता हिन्दू र ९५ % ओमकार परिवारभित्र आवद्ध भएको राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको प्रति सहभागीहरुले आपत्ति जनाउँदै जुनसुकै परिस्थितिमा नेपाल हिन्दू राष्ट्र नै हुनुपर्ने धारणा राखेका छन्। यसलाई अभियानकै रुपमा विस्तार गर्न आवश्यक भएकोमा सहभागीहरुले एकस्वरले आवाज वुलन्द गरे।
संविधान लेखनको मिति नजिकिँदै जाँदा देश विदेशवाट नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने आवाज उठिरहेको छ।धार्मिक तथा साँस्कृतिक कार्यक्रम वाक्लै हुने वेल्जियममा यस अघि नै आवाज उठेतापनि संगठित रुपले छलफल चलेको भने थिएन।वर्तमान समितिले हिन्दू धर्म कायम गराउन नेपालमा भैरहेको गतिविधिहरुलाई सहयोग गर्नेछ।
छलफल लूभनेनको लाङ्गेट्रापेन रेष्टुरेन्टमा भएको थियो। अर्को चरणको छलफल २० अक्टुवरका दिन लाङ्गेट्रापनमा हुने जनाइएको छ।