बेल्जियममा गणेशमान सिंह शतवार्षिकी कार्यक्रमको आयोजना

गणेशमान अध्ययन केन्द्र ,बेल्जियमले २०४६ सालको जनआन्दोलनका सर्बोच्च कमान्डर तथा नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको ganeshman sinhaशतवार्षिकी मनाउने भएको छ | कार्यक्रम बेल्जियमको अन्त्वेर्पेनमा यहि अक्टोबर १९ आईतवार हुँदैछ| कार्यक्रममा गणेशमान सिंह अध्ययन केन्द्रका अध्यक्ष बाबुराजा चित्रकार प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन |

दिनको ठिक १ बजेबाट शुरु हुने विचार गोष्ठीमा सहभागी हुन गणेशमान अध्ययन केन्द्र बेल्जियमले  बेल्जियमस्थित विभिन्न संघ संगठनका साथै सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आव्हान समेत गरेको छ | गणेशमान अध्ययन केन्द्र बेल्जियमको केहि समय पहिले योगेन्द्र श्रेष्ठको अध्यक्षतामा समिति गठन गरीएको थियो | समितिद्वारा आयोजित यो पहिलो कार्यक्रम हो |