बेल्जियममा गोर्खाली स्मारक निर्माण गर्न पहलकदमी शुरु

विश्वयुद्वको क्रममा बेल्जियमको ईपरमा शाह्दात प्राप्त गरेका गोर्खाली नेपालीहरुको सम्झनामा स्मारक निर्माण गर्न नेपाली दूतावास बेल्जियमले GURKHAS_04पहलकदमी शुरु गरेको छ|नेपालीहरु सग आईतबार दूतावासमा भएको भेटघाट कार्यक्रममा राजदूत राममणि पोखरेलले दूतावासले निर्माण सम्वन्धि प्रक्रियालाई अगाडी बढाएको उल्लेख गर्दै यहि नोभेम्बर भित्र स्थापना गरी सक्ने योजना रहेको जानकारी गराएका हुन् |

यहि  नोभेम्बर ११ मा प्रथम विश्वयुद्व समाप्त भएको १०० औ बर्ष हुदैछ |यसै अवसरमा विश्वका थुप्रै देशका राष्ट्राध्यक्ष ईपरमा जम्मा भइ शान्तिको कामना गर्ने कार्यक्रम रहेको छ|यसै अवसर पारेर स्थापना गरीन लागेको स्मारक बिषयमा नेपालीहरुबाट प्राप्त हुने सल्लाह र सुझाबलाई दूतावासले मनन गर्ने समेत बताए |

अघिल्लो वर्ष नै ईपर नगरपालीकाले गोर्खाली स्मारक निर्माण गर्नको लागी जग्गा उपलब्ध गराएको थियो |जग्गा प्राप्त गरे लगत्तै दूतावासले नेपाली समुदायबाट निर्माण समिति गठन  गर्न आव्हान गरेको थियो|तर कसले बनाउने भन्ने बिषयमा नेपालीहरुमा मतभेद रहेको थियो|दूतावासले नेपाली समुदायबाट निर्माण समिति गठन गर्ने प्रयास गरे पनि एनआरएन बेल्जियम र तमु समाज बेल्जियम बीच कसले बनाउने भन्ने बिषयमा सहमति नजुट्दा  समिति गठन हुन सकेको थिएन|नोभेम्बर सम्म स्थापना गर्ने योजना अन्तर्गत नेपाली समुदायबाट निर्माण समिति गठन हुन नसके पछी  दूतावास आफैले प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको थियो|

गत बर्ष बेल्जियमको गेन्टमा आयोजित अन्तराष्ट्रिय व्यापार मेलाको क्रममा बेल्जियम आएका तत्कालिन अर्थमंत्री शंकरप्रसाद कोईराला स्मारक निर्माण ऐतिहासिक कार्य भएकोले नेपाल सरकारले सहयोग गर्ने उल्लेख गरेका थिए|

रोजगारीको शिलशिलामा गोर्खा रेजिमेन्टमा भर्ति भएका नेपालीहरु विश्व युद्वको क्रममा बेल्जियमको ईपरमा आई शाह्दात प्राप्त गरेका थिए|गोर्खा रेजिमेन्टबाट आएको कारण ईपरको मेनिन गेटमा उनीहरुको राष्ट्रियता भारतीय भनि लेखिएको थियो|यस अघि नै दूतावासको पहलमा राष्ट्रियता नेपाली भनि सच्याईएको छ |  नेपाली गोर्खालीहरुले शान्तिको स्थापनार्थ प्राप्त गरेको शाहदातको प्रतिक स्वरूप अब बन्ने स्मारकले नेपालीहरुको शिर अझै ठाडो हुनेछ | बिगत १३ वर्ष देखि फूल गुच्चा बोकेर ईपर जाने गरेका नेपालीहरुले अब गोर्खाली स्मारक मै अर्पण गर्नेछन |