सामान्य पहिरनमा स्पेनका राजारानी

झन्डै एक महिना पहिले राजगद्वी समालेका स्पेनका राजा फिलिप आफ्नी पत्नी लेतिजियाका साथ मेड्रिडको सिनेमाहलमा देखिएका छन|केहि साथीका साथ सिनेमा हेरी फर्केका उनीहरु सामान्य पहिरनमा सामान्य जोडी जस्तै देखिन्थे|४६ बर्षिय राजाले जिन्स पाईन्ट माथि फिक्का निलो कलरको सर्ट लगाएका s1थिए भने जुत्ता खैरो |यसैगरी ४१ बर्षिय रानीले कालो पाईन्ट माथी ‘स्टे कुल स्टे ओरेन्ज’ लेखिएको सेतो टि-सर्त लगाएकी थिइन भने काधमा सेतो ज्याकेट भिरेकी थिइन|उनले स्काई हाई हिल लगाएकी थिइन्|

उनीहरुले पहिलो पटक मोरोक्कोको भ्रमण गरी दुइ दिन पहिले स्पेन फर्केका थिए|त्यहाँ उनीहरुले राजा मोहम्मद छैटौ र राजकुमारी लाल्ला साल्मालाई भेटेका थिए|राजगद्वी सम्हाले सगै उच्च श्रेणीका कार्यक्रममा सहभागी हुदै आएका राजारानीहरु यस्तो रुपमा देखिनु राजतन्त्र प्रति जनताको बिश्वास बढाउन चाहेको राजाबादीहरु बिश्वास गर्दछन|