बिग बोस आठ, सलमानको ठाउमा को?

भारतीय टेलिभिजन च्यानलको सुपरहिट कार्यक्रम बिग बोसको अवधि एक महिना बढाईने भएको छ| सलमान खानले संचालन गर्दै आईरहेको उक्त शो salmanअवधि जनवरी ४ सम्म थियो | जनवरी ४ सम्मको लागी सम्झौता गरेका सलमान खानले नै उक्त थप अवधि पनि संचालन गर्ने छन् वा उनको ठाउमा अन्य छनौट गरीने छ एकिन भएको छैन|

खान बज्रंगी भाईजानको लागी व्यस्त छन् | उनको ठाउमा फराह खान आउन सक्ने अनुमान गरीएको छ | के उनि यसको लागी राजी होलान कौतुहलता रहेको छ|

यस अघि नै बिग बोसका प्रतिस्पर्धिे डीआन्ड्रा र अर्का प्रतिस्पर्धी गौतमबीच अफेयर चलेको र डीआन्ड्रा गर्भवती भएको खबरहरु संञ्चार माध्यममा आएपछि सलमानले आफ्नो ईमेजमा समेत धक्का लाग्ने भन्दै शो विचमै छोड्ने धम्की दिएका थिए| सलमानको भनाईलाई सकारात्मक मान्दै  टेलिभिजनका संञ्चालकले  डीआन्ड्रालाई  कार्यक्रमबाट बाहिर निकाल्न सहमत भएका थिए|

प्रतिस्पर्धिे डि आन्ड्राले भने आफु गर्भवती नभएको भन्दै हल्लाका आधारमा समाचार प्रकाशित नगर्न भनेकी थिइन् |