पतिको चितामा हाम फालेर पत्नीको मृत्यु

भारतको बिहारमा एक पत्नीले आफ्नो पतिको जलिरहेको चितामा हामफालेर प्राण त्याग गरेकी छिन् | बिहारको परमिनिया गाउका ७५ वर्षीय पति रामरचितsati मण्डलको बिरामी भएपछि शनिबार मृत्यु भएको थियो | रामरचितको दाहसंस्कार गरेर घरका परिवार घर फर्कदा उनीहरुले रामरचितकी पत्नी गहवादेवीलाई देखेनन् | फर्केर चिता जलाएको ठाउमा पुग्दा गहवादेवीको जलेर मृत्यु भइसकेको थियो |

गहवादेवीका आफन्तले उनले पतिको मृत्यु सहन नसक्दा पतिकै चितामा हामफालेर ज्यान दिएको बताएका छन् | परिवारका सदस्यहरुका अनुसार गहवा देवी आफ्नो पतिलाई निकै प्रेम गर्थिन् र कुराकानीका क्रममा पनि उनले पतिकै चितामा जलेर मर्ने बताउने गरेको बताए|