मेस्सीलाई पछि पार्दै डि मारिया बने उत्कृष्ट फुटबलर

विंगर एन्जल डि मारिया स्टार स्ट्राइकर लिओनल मेस्सीलाई पछि पार्दै ‘अर्जेन्टिना प्लेयर अफ दि इयर’ घोषित भएका छन् |अर्जेन्टिनी खेल पत्रकारहरुको maria.jpgमतका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिएको थियो | सन् २००६ देखि मेस्सीले यो अवार्ड जित्दै आएका थिए |

यो पटक भने बार्सिलोनाका मेस्सीलाई पछि पार्दै म्यानचेष्टर युनाइटेडका डि मारियाले देश बाहिर खेल्ने अर्जेन्टिनी उत्कृष्ट फुटबलर बनेका छन् | स्ट्राइकर लुकास पराटो अर्जेन्टिनी लिगको उत्कृष्ट खेलाडी बनेका छन् | सन् १९७० बाट सुरु भएको यो अवार्ड २००५ बाट घरेलु लिग र देश बाहिर खेल्ने अर्जेन्टिनी खेलाडी गरी दुई जनालाई दिन लागिएको हो|