महिलाको पेटमा ७३ लाख

एक महिलाले ५५ हजार ५ सय युरो (करिब ७३ लाख रूपैयाँ) पेटमा राखी एयरपोर्टबाट पास गर्न लाग्दा पक्राउ परेकी छन् । ती ४० वर्षिया स्पानिश महिला ब्रसेल्स एयरपोर्टबाट उडी डोमिनिकन रिपब्लीकमा अवतरण गरेकी थिइन् ।

500_euroउनले १६ वटा क्याप्सुलमा ती नोट राखी निलेकी रहिछन् । डोमिनिकन रिपब्लीकका एयरपोर्ट अधिकारीहरूले उनलाइ थुनामा राखी कुरेर ती सबै पैसा ननिस्केसम्म पर्खेका थिए । उनको ब्यागबाट थप ५६ हजार ६ सय २ युरो नगद पनि फेला परेको थियो ।