युवकले ओबामालाई भने, ‘मेरी गर्ल फ्रेन्डलाई नछुनुस्’

गत सोमबार सिकागोमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई बिनाकारण लज्जित हुनु पर्यो । भोटिङका क्रममा एक युवकले ओबामालाई उसकी प्रेमीकालाई नछुन आग्रह गरेपछि ओबामा लज्जित हुनुपरेको थियो ।

obama-dont-touch-my-gfबाराक ओबामा शिकागोमा आइया कुपर नामकी एक युवतीसँगै उभ्भिएर भोट हाल्दै थिए । यसैक्रममा युवतीका हुनेवाला श्रीमान् मा‍इक जोन्सले नजिकै पुगेर राष्ट्रपति ओबामालाई भने, “मिस्टर ओबामा, कृपया मेरी प्रेमीकालाई नछुनुस् ।”
युवकको उक्त आग्रहबाट चकित भएका ओबामाले भने, “मेरो उनलाई छुने कुनै सोच थिएन, तिमीले मलाई बिनाकारण लज्जित बनाउँदै छौ ।”
सीएनएनलाई दिएको अन्तरवार्तामा आइया कुपरले आफ्नो हुनेवाला श्रीमानको यस्तो कार्यबाट आफू निकै लज्जित र चकित भएको बताएकी छिन् । ती युवकले आइयासँग त्यो त मात्र एउटा ठट्टा भएको बताएको स्थानीय सञ्चारमाध्यममा जनाईएको छ ।
कुपरले आफ्नो हुनेबाला श्रीमानको उक्त व्यवहारप्रति क्षमा समेत मागेकी थिइन् । उनले आफ्नो हुनेवाला श्रीमानले यस्तो बोल्छन् भन्ने नसोचेको बताएकी छिन् ।