छोरी लाने केटालाई अर्बपति बनाइदिने घोषणा

हङकङका एक धनाढ्यले आफ्नी छोरी लाने केटालाई अर्बपति बनाइदिने घोषणा गरेका छन् । हङकङका एक नम्बर व्यापारी सेसिल चाउले उक्त घोषणा गरेका हुन् । सेसिलले आफ्नी छोरी गिगी चाउ लानेलाई ८ करोड पाउन्ड दिने बताएका छन् । उक्त रकम बराबर नेपाली करिब १३ अर्ब २० करोड रुपैयाँ हुन्छ ।

वास्तवमा उनले ४ करोड दिने बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम दिने बताएका छन् । समाचारमा जनाइएअनुसार सेसिलकी छोरी गिगी लेस्बियन हुन् । उनकी छोरीले दुईवर्षअघि एक महिलासँग समलिंगी बिहे गरेकी थिइन् । जबकि, हङकङमा यस्तो विवाहमाथि रोक छ । सेसिलले यसअघि छोरीको बिहेका लागि ३९ मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २० हजार युवाले आवेदन दिएका थिए । तर कोही आवेदनकर्ता नआएको बताइन्छ । -एजेन्सी