नाङ्गीएकोमा आमिरविरुद्ध मुद्दा

नयाँ फिल्म’पिके’ को पोस्टरमा नाङ्गो देखाइएका बलिउड नायक आमिर खान विवादमा तानिएका छन्। उनको यो हर्कतले उग्र रूप लिएको छ। उनले अब मुद्दाको सामना गर्नुपर्ने भएको छ। उनी मात्रै नभई फिल्मका निर्देशक राजकुमार हिरानी र निर्माता बिन्दु विनोद चोपडाले समेत मुद्दा खेप्नुपर्ने भएको छ।

pk-poster aamir khanआमिरको प्रोमसनल पोस्टर सार्वजनिक भएपछि कानपुरका वकिल मनोजकुमारले उनीलगायतका सम्बन्धित फिल्मकर्मीविरुद्ध मुद्दा दायर गरेका हुन्। उनको तस्वीरले मानवीय समंवेदनामा आँच आएको र यसले गलत सन्देश प्रवाह गर्ने भन्दै मुद्दा दायर गरेको वकिलले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। नायक आमिरलगायतका निर्माता निर्देशकलाई समाजमा भाँडभैलो मच्चाएको सम्बन्धी मुद्दा दायर गरिएको हो।