दीपिकाले मागिन् एक फिल्मको १० करोड

दिन प्रतिदिन बलिउडकै सर्वाधिक महँगी नायिका हुँदै गएकी छिन्। बलिउड डिम्पल गर्ल भनेर उपनाम पाएकी बलिउड नायिका दीपिका पादुकोणले एउटै फिल्म खेलेबापत १० करोड रुपियाँ पारिश्रमिक मागेर आफ्नो मूल्य बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

deepika-padukoneगत वर्ष २०१३ मा एकपछि अर्को गर्दै लगातार ४ ब्लकबस्टर फिल्म रेस २, ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस र रामलीला दिएपछि यो वर्ष आएर आफ्नो पारिश्रमिक दिन प्रतिदिन बढाउँदै गएकी हुन्। यी ४ फिल्मबाट सुपरहिट नायिका सावित भएपछि दीपिकाले एउटा फिल्म खेलेबापत १० करोडभन्दा बढी मागेको समाचारमा उल्लेख छ।

धेरै पारिश्रमिक लिने बलिउड नायिकाको यो दौडमा कट्रिना कैफ, करिना कपुर र प्रियंका चोपडालाई पछाडि छोड्दै दीपिकाले यति धेरै रकम माग गरेको समाचारमा चर्चा गरिएको छ। कट्रिना, करिना र प्रियंकाले औसत ६ करोड रुपियाँ पारिश्रमिकमा फिल्म खेलिरहेका बेला दीपिकाले उनीहरूभन्दा अगाडि जाँदै १० करोडभन्दा बढी माग गरेको जनाइएको छ।
समाचारमा उल्लेख भएअनुसार दीपिकाले सञ्जय लिला भन्सालीकै फिल्म बाजिराव मस्तानीका लागि पनि ८ करोडको डिमान्ड गरेकी छिन्। दीपिकाले ७ वर्षअघि मात्र बलिउड फिल्म ओम शान्ति ओमबाट फिल्ममा प्रवेश गरेकी थिइन्।