बेल्जियममा सत्य स्वरूप साँझको आयोजना

द ओन हर्न राईनो इन्टरटेईनमेन्ट बेल्जियमले सत्य स्वरूप साँझ नामक संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंन स्थित Tournhoutsabaan मा यहि अगस्त ५ मा हुने भएको छ|कार्यक्रममा गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्नो प्रस्तुति दिने भएका छन|

उक्त सांस्कृतिक साँझमा नेदरल्याण्डबाट आउने गायक कमल गुरुङ र राजु गुरुङका साथै बेल्जियम स्थित अन्य स्थानीय कलाकारको पनि साथ रहने भएको छ| कार्यक्रम साझ ७ बजे देखि राति २ बजे सम्म हुने आयोजकले बताएका छन|कार्यक्रमको लागी युरो १५ प्रवेश शुल्क तोकिएको छ भने आम्दानी नहुने नेपालीहरुको लागी युरो १० तोकिएको छ |

यसै गरी कलाकार द्वयको उपस्थितिमा लुभेनको ओन्स हाउसमा पनि यहि अगस्त १० मा कार्यक्रमको आयोजना गरीएको छ|लुभेनमा हुने कार्यक्रमको आयोजना भने लुभेन स्थित नेपालीहरुले गरेका दीपक पौडेलले जानकारी गराएका छन|satya swarup saajha