नवलपरासी सहायता समाज बेल्जियमद्वारा फोक्सोको बिरामीलाई सहयोग

नवलपरासी सहायता समाज बेल्जियम द्वारा बिगत लामो समय देखि बिरामी भै हाल उपचार गराउदै आएकी बिमला बिक लाई प्राकृतिक चिकित्सालयnabalparasi रजहर को उद्घघाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइराला मार्फत एक कार्यक्रमका बीच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

नवलपरासी, रजहर -८ स्थाई घर भएकी बर्ष २२ की बिक लामो समय देखि फोक्सोमा समस्या देखिदै आएको थियो । उनको आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण उपचारमा प्रक्रिया अगाडी बढाउनमा ज्यादै समस्या आएको थियो । चिकित्सले उनको फोक्सोमाको शल्यक्रिया गर्नु पर्ने भएको बताए पनि आर्थिक रकम जुटाउन नसकेका कारण शल्यक्रिया हुन सकेको थिएन । उनि लगाएत उनका बाबु-आमा तथा जिल्लामा रहेका अन्य संघ-सस्था हरु ले सहयोग को लागी अपिल गरे बमोजिम उनको जीवन बचाउन नवलपरासी सहायता समाज बेल्जियमले बेल्जियममा रहेका नेपालीहरु द्वारा सहयोग संकलन गरि आर्थिक सहयोग स्वरूप रू. पचास हजार उपलब्ध गराएको थियो । हाल उनको उपाचार काठमाण्डौको शिक्षण अस्पतालमा भईरहेको र शल्यक्रियाको लागी समेत प्रवन्ध मिलाईएको परिवारिक श्रोतले जनाए अनुसार संस्थाका अध्यक्ष रमेश सापकोटाले बताए ।

यस सस्थाले पछिल्ला समयमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्र्याउने क्रममा डण्डा मा अवस्थित मध्य बिन्दु सामुदायिक अस्पताललाई सोलार प्यानल समेत उपलब्ध गराई सकेको छ भने गत बर्षा याममा गएको बाढी पैरो बाट भएको धनजनको क्षति प्रति आर्थिक सहयोग समेत प्रदान गरेको थियो । यसै गरि जिल्ला मा न्यून आय भएका जटिल प्रकृतिका बिरामी हरुलाई उपचारमा समेत सहयोग गरेको थियो । जिल्ला तथा क्षेत्रले गर्ने रक्तदान जस्तो परोपकारी कार्यमा पनि सहयोग समेत उपलब्ध गराउदै आएको बताएको छ ।

जिल्लामा बिशेष गरि शिक्षा क्षेत्रमा गरिव जेन्दार तथा निमुखा परिवार का बाल बालिकालाई उचित शिक्षा प्रदान गर्न मा सहयोग योजना समेत आगाडी बढाउन लागेको जानकारी दिएको छ ।

सन् २०११ मा स्थापना भएको यस सस्थाको मुख्य उद्धेश्य नवलपरासी जिल्लाको बिकास अन्तर्गत बिषेश गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यथासक्य सहयोग पुर्याउने यसको मुख्य उद्धेश्य रहेको बताईएको छ ।

-बिष्णु सापकोटा