तमु समाज बेल्जियमको अध्यक्षमा जीवन गुरुङ

तमु समाज बेल्जियमको अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन्| आईतवार बेल्जियमको अन्त्वेर्पेंनमा सम्पन्न समाजको आठौ अधिबेशनले १५ tamu society bसदस्यीय कार्यसमितिको चयन गरेको छ| जसमा  उपाध्यक्ष: काजी गुरुङ, महासचिव : शुभाष गुरुङ, सचिब : श्री बिकास गुरुङ, कोषाध्यक्ष : श्री राम घले रहेका छन् |

त्यसै सदस्यहरूमा बुद्धिमान गुरुङ, कुमार गुरुङ, दिपक गुरुङ,  मिलन गुरुङ, कमल गुरुङ, अरबिन घले राम गुरुङ, कुमार (सुरज)गुरुङ, भाइथेबा (जुमकाजी)गुरुङ, मिलन गुरुङ चयन भएका छन्|जेष्ठ सदस्य राम बहादुर गुरुङले निर्वाचित सदस्यहरुलाई गुरुङ भाषामा सपथ खुवाएका थिए|

समाजको हितकोलागी कार्य समितिको बैठकले समाबेसी र क्षेत्रको आधारमा अन्य आवश्यक सदस्यहरुको मनोनयन गर्न सक्ने समाजले जनाएको छ|

सभामा  महासचिब राम घलेद्वारा प्रस्तुत  प्रगती र कोषाध्यक्ष विकास गुरुङ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदनका साथै राम घलेद्वारा प्रस्तुत बिधान संसोधन प्रस्तावलाई सामान्य घटबढ गरी सर्वसंवत रुपमा पास गरीएको थियो|   समाजका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न अधिबेशनको संचालन महासचिब राम घलेले गरेका थिए| जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा कार्यक्रमका प्रमुख अतिथि थिए|

tamu society