दैनिक ६० हजार बाहिरिन्छन्

दशैंका लागि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दैनिक बढेको छ ।

दैनिक ६० हजारको हाराहारीमा उपत्यकाबाट यात्रु बाहिरिने गरेको भएपनि आज हिजोअस्तीको तुलनामा बढी भिड लागेको छ ।
सरकारी तथा निजी विद्यालय बन्द भएकाले दशै मान्न जाने यात्रुको संख्या बढेको हो ।

bus-passengersयातायात व्यवस्था विभागका अनुसार २५ गतेदेखि अहिलेसम्म झण्डै १५ लाख यात्रु बाहिरीसकेका छन भने दशमीको दिनसम्ममा अझै ११ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।
यात्रुहरुको ओसारपसारका लागि काठमाण्डौबाट दैनिक तीन हजारको संख्यामा सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन ।

यसवर्ष डिलक्स र एसीमा धेरैको आकर्षण देखिएपछि यस्ता बसको टिकट पाउन समस्या रहेको गुनासो बढदै गएको छ ।