एनआरएन स्पेनद्वारा दशैँ पर्वको आयोजना

नेपाली कला तथा संस्कृतिलाई प्रवासमा पनि जीवन्त राख्ने उद्वेश्यले एनआरएन स्पेनले नेपालीहरुको महानचाड दशैँ मनाउने भएको छ|बिजया दशमीको nrn spainअवसरमा एनआरएनले यहि अक्टोबर ८ मा स्पेनको वार्सिलोनामा एक कार्यक्रमको आयोजना गरेको छ| कार्येक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी एनआरएन स्पेनले सस्थाका प्रबक्ता सन्तोष श्रेष्ठको संयोजकत्वमा ब्यबस्थापन समितिको समेत गठन गरेको छ| ब्यबस्थापन समितिका अन्य सदस्यहरुमा हेमन्त रानाभाट,शितल भुर्तेल भुसाल,लक्ष्मण शर्मा,प्रकाश भट्टराई,रमेश अशिक पौडेल रहेका छन|

कार्येक्रममा दुर्गा पूजा गरी मान्यजनबाट टिका ग्रहण गरीने छ भने दशैं विशेष परिकार वितरण गरीने भएको छ| निशुल्क रहेको उक्त कार्यक्रममा स्पेन स्थित सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई सहभागी हुन् एनआरएनले आब्हान समेत गरेको छ| कार्यक्रममा मनोरन्जनको लागी दशैँ सम्वन्धि गीतहरु प्रस्तुत गरीने भएको छ|