फर्सी खानुका फाईदा

तरकारीको रुपमा प्रयोग गरीने विभिन्न तरकारीहरु मध्ये फर्सी पनि एक निकै उपयोगी तरकारी हो| स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी मानिएकोpharsi फर्सीमा भिटामिनको मात्रा निकै बढी पाईन्छ भने अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ | यसमा पाईने पौष्टिक तत्व र यसका फाइदाहरू के के छन् त ?

– २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ | फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्धत पुग्छ |

– फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ | जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ |

– पहेलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ | यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ |

– फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ | यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ | यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ |

– यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ |

– फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ|