डेनमार्कमा अन्तराष्ट्रिय कलाकार मंच शाखा गठन

युरोपका बिभिन्न देशहरुमा शाखा बिस्तार गर्ने क्रममा अन्तराष्ट्रिय कलाकार मंचले आईतवार डेनमार्कमा पनि शाखा गठन गरेको छ| नेपाली नायिका कविता खड्काको अध्यक्षता गठित सात सदस्यीय समिति उपाध्यक्ष प्रिन्सा प्रजापति, महासचिव देवश्री कोइराला, कोषाध्यक्ष बादल सुब्बा ( लिम्बु ) र सदस्यहरुमा निरु खडका, सुरेश ह्योल्मो र पुनम बस्नेत रहेका छन|

अन्तराष्ट्रिय कलाकार मंचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले कलाकारितामा समर्पित साथीहरुको साथले मंचका उदेश्य प्राप्ति सहज हुदै जाने बिश्वास व्यक्त गर्दै गठित कार्यसमितीको कार्यकालको सफलताको शुभकामना दिए| अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाका अध्यक्ष उज्ज्वल के. सीले स्थापित कलाकारहरुको साथमा यूवा कलाकर्मीहरुको  ऐक्यबद्वताले आफुलाई नेपाली कला र साहित्यको प्रवद्वंन तथा प्रचारप्रसारका लागी थप हौसला र उत्साह बढेको बताए|

यसैगरी अन्तराष्ट्रिय कलाकार मंच यूरोपका महासचिव दयाराम पौडेलले युरोपभरी छरिएर रहेका कलाकारहरुको एकता र सहकार्यको लागी निकट भविष्यमा युरोप स्तरीय सम्मेलन गर्ने योजना रहेको जानकारी गराए|

युरोप मध्येको बेल्जियम शाखाले आगामी २६ सेप्टेम्बर २०१५ मा बेल्जियममा ‘अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५’ (IAF Awards 2015 Belgium) को अयोजना गरेको छ | ‘बेल्जियम नेपाल फ्रेन्डशिप एसोसियसन’ सगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरीएको हो| उक्त कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरी युरोपियन माझ नेपाली कला प्रदर्शन गर्ने सोच रहेको उज्वल केसीले जानकारी गराए|Artist in Denmark