बेल्जियममा नेपाल महोत्सवको तयारी

बेल्जियमको पर्यटकीय क्षेत्र साउथफोन्टीनमा यहि अक्टोवर ४ र ५ मा आयोजना गरीएको दुई दिने नेपाल महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको निम्ति एनआरएन बेल्जियमले आफ्ना गतिविधिहरुलाई तिब्र बनाएको छ| यसै क्रममा आईतवार बेल्जियमको अन्त्वेर्पेंनमा भएको संघ सस्थाहरु संगको महोत्सव सम्वन्धि संयुक्त बैठकमा केहि समिति गठन गरी जिम्मेवारी समेत प्रदान गरेको छ|

बैठकले एनआरएन बेल्जियमको संयोजन,नेपाली दूतावास बेल्जियमको अभिभावकत्व तथा बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाहरुको संयुक्त आयोजनामा महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गर्यो|यसै गरी कार्यक्रमलाई सफल पार्न सबै संघ सस्थाको साथै १०१ युरो सहयोग गर्ने प्रत्येक व्यक्तिलाई समेत आयोजक समितिमा राख्ने निर्णय भएको एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले जानकारी गराए| ३८ संघ संस्थाको उपस्थितिमा बसेको बैठकले सात समितिको गठन गरेको छ |जस अन्तर्गत –

१)प्रचारप्रसार समिति- महेश थापा संयोजक,सदस्यहरुमा ओम शर्मा,डील्लीराम अम्माई,तेज नेपाली र माधब सापकोटा  |

२)आर्थिक समिति- नरहरी सापकोटा संयोजक ,सदस्यहरुमा पदम गुरुङ,सीपी भट्ट,कृष्ण न्यौपाने र शारदा अर्याल |

३)स्टल व्यवस्थापन समिति-शिवकुमार बरुवाल संयोजक सदस्यहरुमा रजनी प्रधान,हरि थपलिया,सुवास जोशी र ब्युटी श्रेष्ट  |

४)सांस्कृतिक समिति-बलराम पुन संयोजक र युरो नेपाल कलाकार संघ बेल्जियमका सबै प्रतिनिधिहरु  सदस्य|

५)यातायात समिति-बालेन्द्र गुरुङ संयोजक र एनआरएन बेल्जियम क्षेत्रीय समितिका अध्यक्षहरु रंजन सिंखडा,धिरज न्यौपाने,मोहन रावल र अर्जुन सदस्य |

६)अतिथि सत्कार –रजनी प्रधान संयोजक सदस्यहरुमा जानकी गुरुङ,पार्वती अधिकारी,लिला शर्मा मानन्धर,सीता सापकोटा,यशोदा थापा,दुर्गा गुरुङ र जुना निरौला  |

७)अनुगमन समिति- प्रेम गुरुङ संयोजक र जानकी गुरुङ,युबराज गुरुङ  तथा पीजी शेर्पाका साथै  जन सम्पर्क समितिका शुवास जोशी,नेपाली प्रवासी मंचका अर्जुन गुरुङ,जन प्रगतिशील मंचका चित्र सुबेदी,जन प्रगतिशील मोर्चाका प्रेम पाठक, राप्रपा प्रवासी संगठनका दीपेन्द्र केसी,नेपाली एकता समाजका बालकृष्ण कंडेल, संघीय समाज नेपालका नेत्र मगर रहेका छन|

बैठकले रिसेप्सनको लागी नेपाली दूतावास बेल्जियमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ यसै गरी महोत्सव सम्पन्न गर्नको लागी आवश्यकता अनुसार एनआरएन बेल्जियमले अन्य समितिहरु पनि गठन गर्ने बताएको छ |

बेल्जियमको साउथफोन्टीन नगरपालिकाले साउथफोन्टीनमा आयोजना गरेको ‘सानो नेपाल’ नामक चार दिने नेपाल महोत्सवको अवसर पारेर एनआरएन बेल्जियमले सोहि समय र स्थानमा यस पटक दुई दिने नेपाल महोत्सवको आयोजना गरेको हो|

हजारौ बिदेशी पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरीएको उक्त महोत्सव बिशेष गरेर नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला,संस्कृतिलाई चिनाउने सुनौलो मौका भएको एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बताए |

कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ सहित थुप्रै नेपालीहरु उपस्थित थिए|nrn1

nrn