पर्वतका चापागाईलाई नेदरल्याण्डबाट आर्थिक सहयोग प्रदान

पहिरोको कारण आफ्नो छोरी तथा दुई नातिनी सहित घर गुमाएका कुश्मा नगरपालिकाका हरिलाल चापागाईंलाई नेदरल्याण्डवासीहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन|एकता युवा क्लव कुश्मा मार्फत उनीहरुले रु ३९ हजार ८७ पीडित चापागार्इंलाई सहयोग गरेका हुन् |

प्रजातान्त्रिक विचार समाजद्वारा बुधबार कुश्माबजारमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् शेखर कोइरालाले पीडित चापागाईंलाई उक्त रकम हस्तान्तरण गरेका थिए|

भदौ ११ गते बिहान गएको पहिरोमा परी हरिलाल चापागाईंकी तीजमा दरखान गएकी छोरी जमुना र उनका दुई छोरी जेनिका र जस्मिनको ज्यान गएको थियो भने चापागाईंको घर पूर्णरुपमा पुरिएको थियो |