टी–२० विश्वकप क्रिकेट छनोटको उपाधि आयरल्याण्डलाई, नेपाल विश्व वरीयतामा तेह्रौं

आइसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आयरल्याण्ड विजयी भएको छ । युएइस्थित आबुधाबीमा गएराति सम्पन्न फाइनल खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६८ रनले पराजित गर्दै विजयी भएको हो ।

टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले अफगानिस्तानलाई निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २२५ रन बनाएको थियो भने अफगानिस्तान १८.५ ओभरमा १० विकेटको क्षतिसँगै १५७ रनमा नै सीमित भई प्रतियोगिताबाट बाहिरियो ।

यस हारसँगै अफगानिस्तान प्रतियोगितामा दोस्रो भएको छ । सोही स्थानमा हिजो सम्पन्न खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएइ)लाई ५ विकेटले हराउँदै प्रतियोगितामा तेस्रो भएको थियो ।

यस्तै आयोजक युएई भने चौंथो भयो । प्रतियोगितामा नेपाललगायत १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Nepal cricketसन् २०१४ को विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टिमले बुधबार आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा तेस्रो स्थान हासिल गर्दै वरीयतामा अहिलेसम्मकै ठूलो फड्को मारेको छ । अब नेपाल ट्वान्टी-ट्वान्टीमा टेस्ट खेल्ने १० राष्ट्रसहितको वरीयतामा तेह्रौं र टेस्ट नखेल्ने राष्ट्रको वरीयतामा तेस्रोमा रहन सफल भएको छ । टेस्ट नखेल्ने राष्ट्रमा नेपालभन्दा अघि अब अफगानिस्तान र आयरल्यान्ड मात्र छन् ।

  • Post category:खेल