विश्वकप हात्तीपोलो उपाधि स्विट्जरल्यान्डलाई

बर्दियाको ठाकुरद्वारामा सञ्चालित विश्वकप हात्तीपोलो फुटबल–२०१३ को उपाधि स्विट्जरल्यान्डले हात पार्दै शुक्रबार सम्पन्न भएको छ। गत सोमबारदेखि ठाकुरद्वारा गाविसको चिट्कैयास्थित कर्णाली सफारी टाइगर टप्सको खेल मैदानमा सञ्चालन भएको उक्त विश्वकप हात्तीपोलोको फाइलन खेलमा श्रीलंकाको सिलोन एलिफेन्ट पोलोलाई ५ का विरुद्ध ७ गोल गर्दै स्विट्जरल्यान्डको ईएफजी ले विश्वकप हात्तीपोलो २०१३ को उपाधि हात पार्न सफल भएको हो।
elephant polo
विश्वकप हात्तीपोलो २०१३ को विजेता बनेको ईएफजीलाई आजै पुरस्कार स्वरुप ट्रफी र सिल्ड प्रदान गरिएको छ। बर्दियाको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ ठाकुरद्वारामा सञ्चालन गरिएको विश्वकप हात्तीपोलो प्रतियोगितामा नेपाल, स्विट्जरल्यान्ड, बेलायतलगायत देशका गरी ८ ओटा समूहको सहभागिता रहेको थियो।

सन् १९८२ देखि चितवनको मेघौली मैदानबाट हात्तीपोलो खेल शुरू भएको थियो। २० मिनेटसम्म खेलिने हात्तीपोलो खेलमा एउटा टिममा ४ वटा हात्ती र ४ जना खेलाडीहरूको सहभागिता रहन्छ। बर्दियामा यसभन्दा अगाडि २०६६ सालमा र २०६९ साल गरी २ पटक हात्तीपोलो खेल सञ्चालन भइसकेको छ। प्रायः चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालन हुने यो खेल बर्दियामा यस वर्ष गरी तेस्रो पटक सञ्चालन भएको हो।

  • Post category:खेल