टिबीआई ग्रुपको नेपालमा पहिलो लगानी माउन्टेन रिसोर्टमा

गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टको टिबीआई ग्रुपले काभ्रेको पाँचखालस्थित ३३ बर्ष पुरानो धुलिखेल माउन्टेन रिसोर्टको स्वामित्व लिएको TBIछ | शुक्रबार एक कार्यक्रमवीच उद्योमन्त्री महेश बस्नेत र टीबीआई समूहका अध्यक्ष भवन भट्टले रिसोर्टको नयाँ लोगो अनाबरण गरे| भट्टको टीबीआई ग्रुप अन्र्तगतको बिबी होटल्सले सो रिसोर्टको स्वात्वि खरिद गरेको हो |

जापानमा सफल नेपाली ब्यबसायीको छवि बनाएकाभट्टको टिबीआई गु्रपको नेपालमा यो पहिलो ठूलो लगानी हो |उनले यो ग्रुपले जापान तथा युरोपमा रेष्टुरेन्ट होटल संचालन गरिरहेको छ|

२० एकड क्षेत्रफलमा फैलिएको धुलिखेल माउन्टेन रिसोर्ट काठमाडौंबाट ३४ किलोमिटर दूरीमा रहेको छ । रिसोर्टबाट मनमोहक हिमश्रंृखला, सनराइज र सनसेटका आकर्षक दृश्यावलोकन गर्न सकिने भएकाले रिसोर्ट आन्तरिक तथा बाह्रय पर्यटकको पहिलो गन्तव्य बनेकोे छ |

टिबिआईले नेपालमा युनाइटेड ब्रुअरीज, कारोबार राष्ट्रिय आर्थिक दैनिक, बिबी एयरवेज, बिबी होलिडेज, लिबर्टी कलेज लगायत व्यवसाय सञ्चालनमा गरिरहेको छ भने तथा नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडमा साझेदारी रहेको छ|

टीबीआई ग्रुपको स्वामित्वमा जापानमा १०० भन्दा बढि रेष्टुरेन्ट तथा रिसोर्ट होटल तातेसिना संचालनमा रहेका छन् | धुलिखेल माउन्टेन रिसोर्टलाई भविष्यमा नेपालकै नम्बर एक रिसोर्ट बनाउनेे उद्देश्य रहेको अध्यक्ष भवन भट्टले जानकारी दिए | काठमाडौंको ट्रान्कुलिटी स्पासँग सहकार्य गरी केही दिनभित्रै स्पा सेवा सुरु गर्ने तथा ग्राहकको मनोरञ्जनका लागि एड्भेन्चर स्पोर्टस् पनि राख्ने तयारी भइरहेको भट्टले जानकारी दिए |

पर्यटकलाई हिमाल अवलोकनका लागि सहज बनाउने उद्देश्यले बाइनाकुलरको व्यवस्था समेत गरिने भएको छ | रिसोर्टमा ४२ वटा शयनकक्ष तथा सभा/सेमिनारका लागि अलगअलग क्षमताका प्रविधियुक्त तीनवटा हल छन् | रिसोर्टको गैह्रीधारा, काठमाडौंमा सिटी अफिस रहेको छ | नयाँ स्वामित्वसँगै रिसोर्टमा आन्तरिक तथा बाह्रय पर्यटकको लागि विशेष छुट अफरको घोषणा गरिनुका साथै समय सापेक्ष नयाँ प्याकेजहरु उपलब्ध गराउने बताइएको छ|