नोवल पुरस्कार विजेता कैलाश सत्यार्थी नेपाल आउने

सन् २०१४ को नोवल शान्ति पुरस्कार विजेता भारतका बालअधिकारकर्मी कैलाश सत्यार्थी तीन दिने नेपाल भ्रमणका लागि आउनु हुने भएको छ | Kailash-Satyarthiबालश्रमबिरुद्धको विश्व यात्रा अभियानका अध्यक्ष सत्यार्थीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिको आयोजनामा पुस ६ गते काठमाडौँमा अभिनन्दन गर्न लागिएको हो |

मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीका अनुसार नेपालको बाल अधिकारका लागि पनि प्रेरणादायी व्यक्तित्व भएकाले अभिनन्दन गर्न लागिएको हो|सत्यार्थी भारतमा छ दसकदेखि ‘बचपन बचाउ आन्दोलन’ मा आबद्ध छन् । तीनदिने नेपाल भ्रमणका क्रममा उनी पुस ४ गते काठमाडौं आउनेछन्|

सत्यार्थीले सोही दिन बिहान १० बजे एपेक्स लाइफ स्कुलमा आयोजित समारोहमा सम्बोधन गरेपछि राष्ट्रिय योजना आयोगको विशेष छलफलमा सहभागी हुनुहुनेछ|

चार गते नै ३ बजे सभासदहरुलाई ल्होत्से हलमा दुई घन्टा सम्बोधन गर्ने कार्यक्रम छ | सम्बोधनलगत्तै सत्यार्थीले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्ने कार्यक्रम छ |पुस ५ गते दाङस्थित ‘बेस’ नामक सामाजिक संस्थाको कार्यक्रममा भाग लिएर ६ गते पुनः काठमाडौँ फर्केपछि राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ |

बालअधिकारको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत भारतको मध्य प्रदेशका ६२ वषर्ीया कैलास सत्यार्थी र पाकिस्तानकी युसुफजाई मलालालाई सन् २०१४ को विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कार हालै प्रदान गरिएको थियो |रासस