जर्मनीमा दिपावली मनाईयो

जर्मनीमा दिपावलीको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ |अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीको आयोजनामा सम्पन्न भएको ram pratapकार्यक्रममा जर्मन कलाकारहरु समेत सहभागी थिए| समाजका अध्यक्ष सन्तोष राज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका प्रमुख संरक्षक तथा महा बाणिज्य दुत राम प्रताप थापा र अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका  बरिष्ठ उपाध्यक्ष तथा नेपाली चलचित्रको नायिका कमला दाहालले सयुक्त रुपमा द्विप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए|

कार्यक्रममा थापाले यस्ता किसिमका कार्यक्रमले दुई देश बिचको सम्वन्धलाई बलियो बनाउनु को साथै नेपाली कला र संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने बताए |यसगरी  एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वनेमले दिपावलीको अवसरमा शुभकामना व्यक्त गरेका थिए| कार्यक्रमको सफलताको लागी एनआरएन जर्मनीले सहयोग गरेको थियो भने जर्मनी स्थित सामाजिक संघ सस्थाहरु सहभागी थिए|german