जन सम्पर्क समिति नेदरल्याण्डसले बिपी जयन्ति मनाउने

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३२ औ स्मृति दिवसको अवसरमा जन सम्पर्क B. P. Koiralaसमिति नेदरल्याण्डस् ले  बिशेष  कार्यक्रमको आयोजना गरेको छ |कार्यक्रम आमस्ट्राडाममा सेप्टेम्बर ९ मा हुदैछ|

कार्यक्रममा विपी संवन्धि विभिन्न कथा, कविता तथा लेखहरु प्रस्तुत गरीने भएको छ|नेपाली जनसंपर्क समितिले नेदरल्याण्डसले सवै नेपाली समुदाय तथा संघसंस्थालाई उपस्थितीको लागि अनुरोध समेत गरेको छ ।

उक्त अवसरमा नेपाली काँग्रेको कृयाशिल सदस्यता समेत वितरण गरीने भएको छ| केन्द्रबाट ५०० प्रति कृयाशिल सदस्यता प्राप्त भै सकेको र आवश्यक प्रकृयाहरु तय गरेर ५००  सदस्यता वितरण गरिने लक्ष्य रहेको  नेपाली जनसंपर्क समिति नेदरल्याण्डसका अध्यक्ष दिपक रेग्मीले जानकारी गराए ।

विपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली काँग्रेसले  साउन ६ गते देखि भाद्र २४ सम्म देशभर विभिन्न कार्यक्रमको आयोजना गरी विपी स्मृति दिवस मनाउदैछ |कोइरालाको बि.स २०३९ साउन ६ गते निधन भएको थियो| यहि  साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ |बिसं १९७१ भदौ २४ मा जन्मिएका बीपीको यो बर्ष जन्म शताब्दी पनि हो|