अम्बिका लुईंटेल फ्रान्सका लागि राजदूत सिफारिस

सरकारले विभिन्न छ वटा मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको बैठकले परराष्ट्र मन्त्रालयका ambika-luitel-1सहसचिवहरुलाई राजदुत नियुक्तिको सिफारिस गरेको छ । बैठकले अम्बिका लुईटेललाई फ्रान्सको लागि राजदुत सिफारिस गरेको हो । यसअघि लुईंटेलले छिमेकी राजधानी ब्रसेल्सस्थित नेपाली राजदूतावासमा प्रथम सचिवका रूपमा काम गरीसकेकी अनुभव छ ।

यसै गरी दीपक धिताललाई स्विटजरल्याण्ड,खगनाथ अधिकारीलाई थाईल्याण्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडाको लागि राजदुत सिफारिस गरेको हो ।

लामो समयदेखि डेढ दर्जन भन्दा बढी मुलुकमा राजदुत पद खाली रहे पनि सरकारले ६ देशमा मात्रै नियुक्तिको सिफारिस गरेको छ ।सरकारको यो सिफारिश संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने र संबन्धीत देशबाट अग्रीमो आएपछि कार्यान्वयन हुने प्रावधान छ ।