राप्रपा नेपाल धर्मनिरपेक्षता,संघियता र गणतन्त्र प्रति असहमत

संविधानसभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षता, संघियता र गणतन्त्रप्रति असहमति जनाउँदै शुक्रबार संवैधानिक तथा raprapa nepalराजनैतिक सम्बाद तथा सहमति समितिमा औपचारिक रुपमा असहमति दर्ता गराएको छ|

पार्टीको प्रमुख सचेतक दिलनाथ गिरीले संविधानसभाको नियमावली अनुरुप औपचरिक रुपमा असहमति दर्ता गराएको जानकारी गराए |राप्रपा नेपालले यी विषयहरुमा तीन दलको सहमति नभै प्रक्रियाबाट जानुपर्ने भन्दै त्यसको निर्णय जनमत संग्रहबाट गरिनुपर्ने माग पनि गरेको छ | हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा रहेको राप्रपा नेपालले संघीयताको बिरोध गर्दै आएको छ |

पार्टीको विचारलाई स्थान दिने बारे कुनै पहलकदमी नभएकोप्रति दुःख व्यक्त गर्दै राप्रपाले औपचारिक रुपमा संविधानसभा नियमावली अनुरुप विधी र प्रक्रियाबाट टुंग्याउन माग गरेको छ |यसै गरी राप्रपा नेपालले शुक्रबार १० जना नयाँ पदाधिकारी थपेको छ | राप्रपा नेपालकाले उपाध्यक्षमा टंक ढकाल र निरञ्जन थापा मनोनित भएका छन् भने कोषाध्यक्षमा उद्धव पौडेल चयन भएका छन |

यसै गरी राजाराम श्रेष्ठ, तारानाथ लुइँटेल, कुन्ति शाही, ब्रिजलाल यादव, राम थापा, विष्णु भण्डारी, गीताभक्त जोशीलाई सहायक महामन्त्री मनोनित गरिएको छ | यस अघि नै सह-अध्यक्षमा केशरबहादुर विष्ट,उपाध्यक्षमा धवलसम्शेर जबरा र राजीव पराजुली तथा चन्द्रबहादुर गुरुङ महामन्त्री मनोनित भै सकेका थिए|