जनसम्पर्क समिति जापानमा नारायण सुवेदी निर्वाचित

नेपाली जनसम्पर्क समिति जापानको अध्यक्षमा नारायण सुवेदी निर्वाचित भएका छन् । टोकियोमा भएको पाँचौ साधारणसभाले सुवेदीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा डी पी कँडेल (दण्डपानी), शेरबहादुर केसी र पुष्करजंग थापा , महामन्त्रीमा राजेन्द्र जम्मर कट्टेल, सह- महामन्त्रीमा यमलाल कँडेल र बद्रि पौडेल, कोषाध्यक्षमा पेमा लामा, सह-कोषाध्यक्षमा ऋषिराम कँडेल विजयी भएका छन ।

नयाँ कार्यसमितिका पदाधिकारीलाई जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुनप्रसाद जोशीले सपथ खुवाएका थिए । कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहणका लागि सहरी विकास मन्त्री नारायण खड्का जापान आएका थिए । मन्त्री खड्काले विदेशमा सिकेका सिप र लगानीलाई स्वदेशमा लगानी गर्न आग्रह गरे । नवनिर्वाचित अध्यक्ष सुवेदीले आफ्नो कार्यकालयमा क्षेत्रीय समिति विस्तारको अभियानलाई तीब्र बनाउने प्रतिबद्धता जनाए ।