क्यानडाको राजनीतिमा नेपाली ठिटो

क्यानाडाका नेपालीहरूको आगमनको इतिहासले आधा शताब्दी भन्दा बढीको समय काटी सकेको छ र आजको अनुमानित तथ्याङ्क अनुसार क्यानाडामा पन्ध्र हजारको हाराहारीमा नेपालीहरू बसोबास गरेको पाइन्छ । सबैभन्दा बढी नेपालीहरू पाँच हजारको हाराहारीमा विशाल टोरोन्टो क्षेत्रमा रहेको मानिन्छ । त्यही टोरोन्टोमा क्यानाडा प्रतिष्ठित नेपालीका रूपमा परिचित आफ्नै वित्तीय परामर्श दिने व्यवसाय गर्दै आउनु भएका टोरोन्टोका लागि अवैतनिक महावाणिज्य दूत डा. कुञ्जर शर्मा चार दशकभन्दा बढी समयदेखि बस्दै आउनु भएको छ । डा. शर्मालाई उत्तर अमेरिकामा नचिन्ने विरलै होलान् । ए.एन.ए बाट लिएर एन.आर.एन. को स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. कुञ्जर शर्मा साठीको दशकमा क्यानाडा आउनु भएको थियो र त्यसपछि यही अध्ययनसँगै घरजम गरेर बसोबास गर्दै आउनु भएको छ । वहाँको एकमात्र सन्तान ३२ वर्षीय बेञ्जामिन शर्मा यसपटक टोरोन्टोको ट्रिनिटी–स्पाडायना क्षेत्रबाट सत्ताधारी दल कन्जर्भेटिभ पार्टीका तर्फबाट यही ३० जुनमा सम्पन्न हुने उपचुनावमा प्रत्यासी बनेका छन् । वहाँको प्रतिस्पर्धा ए.डि.पी. का जो क्रेसी र लिबरल दलका आडम भनसँग हुँदैछ । सत्ताधारी दलको उम्वेदवारका रूपमा केन्द्रीय राजनीतिमा कदम बढाउन थालेका शर्माको समर्थनमा आप्रवासी समुदायहरू गोलबन्द भएर लागेका छन् ।

nepali in canada politicsनेपाली समुदायसँग श्री बेञ्जामिन शर्माको सम्बन्ध सानैदेखि गाँसिदै आएको छ । नेपालीसमुदायका प्रतिष्ठित समाजसेवीका रूपमा परिचित डा. कुञ्जर शर्माको नेपाली कार्यक्रमको प्रायःजसो कार्यक्रमहरूमा नेपाली टोपी लगाएर उपस्थित हुने गोरो केटो आज नेपाली समुदायको प्रतिनिधित्व गर्दै क्यानाडाको संसदीय चुनावमा प्रत्यासी बनेका छन् । एउटा जेहेन्दार विद्यार्थीका रूपमा रहदै आएका वेनले रुनमेन स्कुल अफ मेनेजमेन्टबाट ग्रेजुएसन गरेपछि आफ्नो अध्ययनलाई निरन्तरता दिदै उनले प्रिन्सटन युनिर्भसिटीबाट Slavic Linguistics को अध्ययन पुरा गरेका छन् भने हार्वर्ड युनिभर्सिटीबाट २००७मा Russian Area Studies मा स्नाकोत्तर गर्नु भएको देखिन्छ । त्यसपछि टोरोन्टो विश्वविद्यायलबाट एम.बि.ए. सोही विद्यालयबाट कानुनको अध्ययन गरेको देखिन्छ । उनलाई एक शिक्षित युवा उम्वेदवारका रूपमा हेरिदै छ ।

क्यानाडामा पहिलोपटक नेपाली समुदायबाट प्रतिनिधित्व हुने यस चुनावमा यहाँका नेपाली समुदायले रुचिपूर्वक परिवेक्षण गरिरहेका छन् भने समुदायबाट प्रचारप्रसार कार्यमा सहयोग पनि हुँदै आएको छ । स्पाडायना क्षेत्र समुदायका हिसाबले विविध जातजातिका बासिन्दाहरुसँगै चिनियामूलका बासिन्दाको बाहुल्यता रहेको छ भने त्ययसपछि अन्य समुदायका बासिन्दाहरु पनि बस्दै आएका छन् । यो क्षेत्र टोरोन्टोको मुटुमा पर्ने भएकोले यसलाई एक महत्वपूर्ण चुनाव क्षेत्रका रूपमा हेरिन्छ । राजनीतिक हिसाबले यहाँ एन.डि.पी. अर्थात् नेसनल डेमोक्रेसी पार्टीका उम्वेदवारले जित्दै आएको छ भने लिबरल दलले पनि यसअघिको चुनाव जित्दै आएको थियो । यसअघि यस क्षेत्रको प्रतिनिधित्व गर्दै चाईना मूलकी क्यानेडियन जुलिया चाङ्गले गर्दै आएकी थिइन भने उलने आफू यही अक्टुबरमा हुने टोरोन्टोका मेयरको प्रत्यासी बन्ने भएकोले उक्त संसदीय क्षेत्रबाट गत मार्चमा राजीनामा दिएपछि अहिले उपचुनाव हुँदैछ । २०११ म सम्पन्न चुनावमा यहाँ ९५,३६३ मतदाता रहेकोमा ६५,६११ म्त अर्थात् ६८.८ प्रतिशत मतदान भएको थियो ।

बेनको उम्वेदवारीसँगै नेपाली समुदायमा उनको पक्षमा चुनावी लहर ल्याउन नेपाली समुदायको भूमिका महत्वपूर्ण रहने छ । बेनको जितसँगै क्यानाडामा नेपालीहरूको सही पहिचान हुने विश्वास नेपाली समुदायले गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक राष्ट्र भएर पनि क्यानाडामा भारतीयहरूको बाहुल्यता भएकोले सार्कको कार्यक्रममा नेपालको प्रतिनिधित्व नभएको बराबर नै हुने गर्दछ । त्यस्तै भारतपछि श्रीलङ्का (तामील), पाकिस्तान र बाङ्लादेशको जनसङ्ख्या पनि बढी रहेकोले उनीहरूको समुदायबाट पनि जनप्रतिनिधि रहदै आएकोले ती राष्ट्रहरूको पहिचान पनि क्यानाडामा भिजिबल माइनरिटीका रूपमा रहदै आएको छ । त्यसैले बेनको उपस्थितिले नेपाल र नेपालीको अस्तित्व बनाइ राख्नमा ठुलो टेवा मिल्ने विश्वास गर्न सकिन्छ । एक अर्थमा बेनको चुनाव अभियान नेपाली समुदायका लागि अग्नी परीक्षा सरह बन्दै गएको छ । यहाँ अवस्थित नेपाली संस्थाका अविभावकका रूपमा रहदै र सहयोग गर्दै आएका डा. कुञ्जर शर्माको सहयोगमा धेरै हातहरू अगाडि बढ्दै गएका छन् ।

युवा समुदायको प्रतिनिधित्व गर्दै नयाँ जोस र जागरका साथ अगाडि बढीरहेका बेनको चुनावी प्रचार प्रसारमा युवा समुदायले विशेष पहल गरिरहेका छन् । घर दैलो कार्यक्रमका माध्यमबाट बेनले आफ्नो भूमिका र अटवा सरकारको समर्थनमा जनचाहना अनुरूप काम गर्दै जाने मतदाताहरुको विश्वास जित्दै गइरहेका छन् ।