एनआरएन युरोप: क्षेत्रीय सम्मेलनको तयारीमा

photo nrnस्पेनको वार्सिलोनामा यहि जुन ७-८ गैर आवासीय नेपाली संघ(एनआरएन)को सातौ युरोपियन क्षेत्रिय बैठक तथा पाचौ महिला भेला सम्पन हुन गैरहेको छ।संघ गठन भएको एक दशक पछी यसलाई नेपाल सरकारले बिधिबत   रुपमा दर्ता गरी मान्यता दिए पछिको बैठक भएकोले बिशेष हुने आयोजकले बताएका छन|‘युरोपमा एनआरएन अभियान,नेपाल र नेपालीको पहिचान’ भन्ने नारा सहित परिष्कृत र भव्य रुपमा  सम्पन्न गर्न लागिएको सम्मेलनमा नेपाली नागरिकताको निरन्तरता,युवाहरुको शसक्तिकरण,कल्याणकारी कार्यहरु,बैदेशिक रोजगार र सुरक्षित आप्रवास जस्ता कुराहरुलाई बिशेष महत्वका साथ छलफल गरीने एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले बताए|

सामुहिक लगानी,शिप र ज्ञानको हस्तान्तरण,कल्याणकारी कार्य तथा नेपालको प्रवर्धन र नेपाली डायस्पोराको आयाम जस्ता एनआरएनले बिगत देखि भन्दै र गर्दै आएका कुराहरुको प्रभावकारीताको बारेमा मुल्यांकन गरीने भएको छ भने दोश्रो पुस्तालाई एनआरएन अभियानमा सक्रिय बनाउनको लागी पहिलो पटक युवा सत्रको शुरुवाती गर्ने भएको छ| नेपाली कला,संस्कृति र पर्यटन प्रवर्धनको लागी एनआरएन स्पेन,नेपाली दूतावास पेरिस र स्पेनका लागी नेपाली कन्सुलर कार्यालयले संयुक्त रुपमा ६ जुनमा बार्सिलोनामा ‘नेपाल प्रवर्धन साझ’को समेत आयोजना गरीएको छ |कार्यक्रममा सगरमाथा आरोहण गरीसकेका झन्डै ५० स्पेनिसहरुको सहभागिता रहने उल्लेख गर्दै उनीहरुको  सम्मानमा ‘रिसेप्सन अफ एभरेष्ट सबमिटर्स’ कार्यक्रमको समेत आयोजना गरीएको छ|

सम्मेलनमा भाग लिनको लागी नेपालका परराष्ट्रमंत्री,परराष्ट्र सचिब,युरोप क्षेत्रका राजदूत तथा सफल उधोगी र ब्यापारीहरुलगायत सयौलाई आमन्त्रण गरीएको एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीले जानकारी गराए |युरोपका २७ वटै देशका गैर आवासीय नेपाली सघका पदाधिकारीहरु, सदस्यहरु, केन्द्रिय सदस्यहरुका साथै पूर्व केन्द्रीय अध्यक्षहरुसहित २०० भन्दा बढीको सहभागी रहने आशा राखिएको सम्मेलनमा स्पेनिस कन्सिलर मार्फत सगरमाथा आरोहीका केहि स्पेनिस संस्थाहरुलाई समेत आमन्त्रण गरीएकोमा कासा एसिया डाईरेक्टर जनरलका साथै क्यातालुनियाका आप्रवासी बिभाग प्रमुखको उपस्थिति रहने गिरीले जनाएका छन|एनआरएनका लक्ष्य र उद्वेश्यलाई सफल बनाउनको साथै आगामी केन्द्रिय अधिबेशनको दृष्ट्रिकोणले पनि यो भेलालाई महत्वका साथ हेरीएको छ|