जनसम्पर्क समिति युरोपले पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाको सम्मानमा रात्री भोजको आयोजना गरेको छ| कार्यक्रम बेल्जियमको लुभेनस्थित रेस्टुरेन्ट लांगे त्रापेंनमा सम्पन्न भएको थियो | कार्यक्रममा युरोप भरीका जन सम्पर्क समितिका प्रतिनिधिहरु उपस्थित भएका थिए| भेलामा नेपालको संबिधान लेखन, युरोपमा नेपालीहरुका समस्याका बिषयमा छ्लफल गरीएको थियो | काग्रेस नेता देउवाको साथ देउवा पत्नी सभासद डा. आरजु देउवा पनि सहभागी थिईन |

नेपाली कांग्रेसका तत्कालिन बिदेश बिभाग प्रमुख एंव केन्द्रिय सदस्य सुजता कोइरालाको उपस्थितिमा सन् २००६ मा जर्मनीको बर्लिनमा जनसम्पर्क समिति युरोपको स्थापना भएको थियो | स्थापना सगै समितिले शेर बहादुर देउबाको उपस्थितिमा सन् २००९ मा पोर्चुगलको लिस्बोनमा प्रथम अधिबेशन सम्पन्न गरेको थियो | समितिले प्रथम अधिबेशन पश्चात युरोप भरीका कार्यकर्ताहरुको संलग्नतामा बिस्तारित बैठक तथा भेला सम्पन्न गरेको थियो | भेला नेदरल्याण्ड,जर्मनी र वार्सिलोनामा सम्पन्न भएका थिए | यसै गरी २६ जुनमा नेपाली काग्रेसका प्रभावशाली नेता डा.प्रकाश शरण महतको उपस्थितिमा नेदरल्याण्डको आमसड्रममा चौथो भेला सम्पन्न गरेको थियो| भेलाले यहि नोभेम्बर २९ र ३० मा दोश्रो अधिबेशन गर्ने निर्णय गर्दै नौ बुँदे आमसड्रममा घोषणा पत्र जारी गरेको थियो|
कार्यक्रमा सहभागी सदस्यहरुले तोकिए कै समयमा दोश्रो अधिबेशन सम्पन्न गर्न सुझाब दिदै बरिष्ठ नेता देउवाको सहभागिताको लागी आग्रह गरेका थिए |सहभागी मध्ये एकाध सदस्यले दोश्रो अधिबेशन सम्पन्न गर्न अधिबेशन तयारी समिति गठन गर्न आग्रह गरेका थिए|
सो छलफलमा सहभागी सदस्यले नेपाली काग्रेसको विधानमा क्षेत्रीय जनसम्पर्क समितिको अवाधारणा उल्लेख नभएकोले यसलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भनि देउवा सामु जिज्ञासा समेत राखेका थिए | कार्यक्रमको अन्तमा नेता देउवाले बिदेशमा रहेका सबै काग्रेसहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्दै जन सम्पर्क समितिको सस्थागत बिकाशको लागी आ-आफ्नो क्षेत्रबाट पहल गर्न सुल्झ्याएका थिए| जन सम्पर्क समितिको क्षेत्रीय अवधारणाको बारेमा आगामी तेर्हौ महाधिबेशन सम्म पार्टीको विधानमा संसोधन गर्ने प्रयास गरीने जानकारी गराएका थिए |साथै जन सम्पर्क समिति युरोपले गर्न लागेको अधिबेशनलई अझ बढी प्रभावकारी बनाउनको लागी जन सम्पर्क समितिमा बिशेष योगदान पुर्याएका सदस्यहरुलाई एंव नेपालमा नेपाली काग्रेस निकट संगठनमा रही महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुलाई बर्तमान समितिमा समाबेश गर्दै अधिबेशन सफल पार्न निर्देशन दिएका थिए |
जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महामन्त्री गंगाधर गौतमले गरेका थिए |
– गंगा गौतम