क्षेत्री समाज बेल्जियमको सामुहिक टिका

क्षेत्री समाज बेल्जियमले बेल्जियममा सामुहिक रुपमा टिका लगाउने कार्यक्रम सम्पन्न गरेको छ| बेल्जियमको लुभेनमा दशमीको दिन शुक्रवार आयोजना गरेको 1कार्यक्रममा ज्ञान बहादुर केसी,गोपालसिंह थापा,हस्तमाया कार्की र कलावती क्षेत्रीले उपस्थित नेपालीहरुलाई सामुहिक रुपमा टिका लगाईदिए| कार्यक्रममा नेपाली परम्परागत खाना वितरण गरीएको थियो|

कार्यक्रममा उपस्थित एनआरएन बेल्जियमका महासचिब माधब सापकोटा, एनआरएन बेल्जियम महिला संयोजक यशोदा थापा,समाजका सल्लाहकार ईन्द्र क्षेत्री पकवान र ईन्द्र धनुष क्लवका अध्यक्ष सूर्य ढकालले शुभकामना मन्तव्य राखेका थिए| क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भने समाजका महासचिब नरेन्द्र बस्नेतले गरेका थिए|

साझ ७ बजे बाट शुरु गरीएको टिका ग्रहण कार्यक्रममा राति १० बजे सम्म चलेको थिए | दशैको दिन टिका थाप्न आफन्तकोमा  जाने परम्परा अनुरुप लुभेन स्थित सबै नेपाली सहभागी हुन् कठिनाई परे पनि कार्यक्रममा उल्लेख्य मात्रामा नेपालीहरु उपस्थित भएका थिए|3

क्षेत्री समाज बेल्जियमले समाजको स्थापना कालदेखि नै सामूहिक टिका कार्यक्रमको आयोजना गर्दै आईरहेको छ|