बेल्जियमको गेन्टमा नेपालीहरुले सँगै मनाए दशैँ

बेल्जियमको गेन्ट शहरमा वसोवास गर्ने नेपालीहरुले सामुहिक रुपमा मान्यजनबाट टिका ग्रहण गरेर विजयादशमी मनाएका छन् |नेपाली परिवार गेन्टको 1आयोजनामा शुक्रवार दशैँ कै दिन नेपालबाट घुम्न आएका खगेन्द्र निरौला तथा श्रीमती गोमा निरौलाले कार्यक्रम स्थलमै  दुर्गा भगवतीको पुजा आराधना गरि इच्छुक सबैलाई टिका जमरा लगाईदिएका थिए| कार्यक्रममा सेलरोटी,अचार लगायत अन्य नेपाली खाना वितरण गरीएको थियो |

कार्यक्रममा शुभकामना आदान प्रदान गरीएको थियो भने स्थानीय कलाकारहरुले गित, नृत्य ,कविता र मुक्तकबाट सबैलाई भरपुर मनोरंजन दिलाएका थिए | कृष्ण पराजुलीको संयोजकत्व तथा रमेश पौडेल र समिता रिजालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय बेल्जियन नागरिकहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो |2

सन् २००५ देखिनै दशैं टिकाको दिनमा नै कार्यक्रमको आयोजना हुनु ,बेल्जियम मा विभिन्न प्रयोजनका ६० भन्दा बढी सस्था रहेको अबस्थामा कुनै आधिकारिक सस्था बिना एउटा संयोजक मात्र बनाएर लगातार तिज दशैं बिसेष खालका कार्यक्रम सम्पन्न हुनु,नेपालमा कुन ठाउँ ,कुन धर्म ,कुन जात को भन्ने कुरालाई बिर्सिएर सानो सुचनाको भरमा प्राय सबै उपस्थित भै एकजूट भएर यस्ता खालका कार्यक्रम सफल बनाउनु नै करिव ३०० को संख्या रहेको गेन्ट बासि नेपाली सुमुदायको बिसेशता हो जुन बर्तमान परिप्रेक्षमा प्रसंशा योग्य र अनुकरणिय पनि छ |3

यस्ता खालका गेन्ट बासि नेपाली हरु का सामाजिक र सास्कृतिक महत्व का कार्यक्रम हरु नियमित रुपमा आयोजना गर्न प्राबिधिक सजिलो को लागि भर्खरै मात्र Nepalese Gemeenschap VZW Gent नामको सस्था दर्ता गराएको र यसै सस्था मार्फत छिटै नेपाली भाषा स्कुल सन्चालन गरिने जानकारी गराइएको छ |(ç)4