क्यानडामा एकलाख भन्दा बढी कामदारहरुको माग; २०१५ देखि ‘एक्सप्रेस इन्ट्री’

आगामी २०१५ देखि क्यानडा सरकारले Express Entry प्रणाली मार्फत बिदेशीहरुलाई क्यानडाको स्थायी भिसा दिने प्रक्रिया प्रारम्भ गर्दैछ । यसै सन्दर्भमा सोही प्रणालीलाई समेत सहयोग हुने गरी यहाँका कम्पनीहरुलेसरकारी Job Bank मा एक लाख पन्ध्र हजार कामदारहरुको आवश्यकता रहेको जनाएका छन् ।

क्यानडा सरकारबाट सँचालित उक्त जब-व्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको कामदारको लागि निःशुल्क रुपले विज्ञापन प्रकाशित गर्न पाउने छन् । सोही जव-ब्याँक मार्फत बिदेशीहरुले क्यानडाका कम्पनी तथा काम दिलाउने एजेन्सीहरु (recruiting agencies) सँग सिँधा सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्न सक्नेछन् ।

www.jobbank.gc.ca वेभ साइट रहेको उक्त जव-ब्याँकमा खोजी गर्दा अधिकाँश दक्ष जनशक्तिको माग बढि रहेको देखिएको छ । उदाहरणका लागि; त्यसमा Electrician को लागि खोजी गर्दा नौ सय भन्दा बढी व्यक्तिहरुको माग भएको देखाउँछ भने Driver भनी खोजी गर्दा करिब चार हजार व्यक्तिहरु माग भएको देखाउँदछ ।

Canadaबिदेशी कामदारहरुले आफ्नो एकाउण्टसमेत खोली आफ्नो विवरण राख्न सकिने र क्यानेडिएन कम्पनीहरुसँग सिँधा सम्पर्क समेत गर्न सकिने सो जवब्याँकमा जनाइएको छ ।

आगामी जनवरी २०१५ देखि क्यानडा सकारले सबै प्रकारका व्यवसायमा काम गरेका व्यक्तिहरुले आवेदन गर्न पाउने गरी Experss Entry प्रणाली लागू गर्दै छ । उक्त प्रणालीमा आवेदन गरेका व्यक्तिहरुले यही Job Bank एवं आफ्नै तवरले क्यानेडिएन कम्पनीहरुसँग सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्नुपर्ने हुन्छ । यसरी रोजगारीको अवसर पाइएमा क्यानडा सरकारले ६ महिना भित्रमा क्यानडाको स्थायी भिसा प्रदान गर्न सक्ने छ ।

क्यानडामा हाल करिब ७ प्रतिसत व्यक्तिहरु बेरोजगार रहेका छन् भने करिब एक करोड ८० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न पेशामा संलग्न रहेका छन् । त्यसैगरी यहाँका कामदारहरुले महिनामा करिब चार हजार डलर कमाउने तथ्याँक रहेको छ ।

संसार कै दोश्रो ठूलो देश क्यानडामा जम्मा तीन करोड चालिस लाख जनसंख्या रहेको छ भने करिब बीस हजारको संख्यामा नेपालीहरु रहेको अनुमान छ ।

क्यानडा नेपालीहरुका लागि विगत एक दशकदेखि सपनाको देश रहेको क्यानडा जान इच्छुक व्यक्तिहरु बताउँदछन् ।
आगामी सन २०१५ जनवरी देखि प्रारम्भ हुन लागेको क्यानडा सरकारको Express Entry प्रणालीमा जुनसुकै व्यवशायमा कार्य गरेको र कुनैपनि विबषयमा अध्ययन भएका व्यक्तिहरुले आवेदन गर्न पाउने छन् भने आवेदकहरुको संख्याको कुनै सिमा नरहने जनाइएको छ ।

हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन । कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry मार्फत स्थायी भिसा आवेदन गर्न सक्नेछन् ।