कूटनीतिज्ञहरूको सूचना चोर्ने ह्याकर्स तरिका

कूटनीतिज्ञहरूको कम्प्यूटरमा पसी सूचना चोर्ने ह्याकर्सहरूको रमाइलो तरिका अपनाएका रहेछन्। तिनीहरूको प्रविधी धेरै सजिलो, र अत्यन्त कुशलता पूर्वक गरेका रहेछन् । सन् २०११ मा चाइनिज ह्याकर्सहरूले कार्ला ब्रुनीको नग्न तस्वीर ( ‘Carla Bruni NUDE PICTURES XXX’ ) भनेर युरोपेली कुटनीतिज्ञहरूलाई इमेल पठाएछन्। फ्रान्सेली प्रथम महिला कार्ला ब्रुनीको नग्न तस्वीर भनिएको इमेलमा ट्रोजन घोडारूपी एक प्रकारको भाइरस पो रहेछ ।
carla-bruni
कुटनीति गरिरहेका लाट्भिया, पोर्चुगल, बुल्गेरिया, चेक गणतन्त्र र हंगेरीका कुटनीतिज्ञहरूले
सन्देशमा क्लिक गर्नु आवस्यक ठानेछन् ।। ती कूटनीतिज्ञहरूले सार्कोजीको पत्नीको नग्न तस्वीर त देखेनन्, आफ्नो कम्प्युटरको सूचना मात्र नङ्ग्याए।

© kos.
© kos.